बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

एकै दिन २११८ सवारी साधन नियन्त्रणमा : ट्राफिक प्रहरी

एकै दिन २११८ सवारी साधन नियन्त्रणमा : ट्राफिक प्रहरी

मेगा खबर संवाददाता

१८, आषाढ २०७७
  • 2.2K
    SHARES

  • एकै दिन  २११८ सवारी साधन नियन्त्रणमा :  ट्राफिक प्रहरी
    सरकारले लकडाउन खुकुलो गरेसँगै उपत्यकामा सवारी साधनको चाप बढ्दै गइरहेको छ । यसलाई नियन्त्रण गर्न सरकारले जोर बिजोर प्रणाली लागू गरेतापनि पूर्ण रुपमा कार्यान्वयन भने हुन सकेको छैन । अत्यावश्यक बाहेकका निजी तथा भाडाका ट्याक्सी लगायतका सवारी साधनहरु सडकमा गुडिरहेका छन् जसका कारण शहरका चोकचोक र गल्लीहरुमा जाम पर्न थालेको छ ।

    जोर बिजोर प्रणाली लागू गरेसँगै निजी सवारी साधनमा ३ जना भन्दा बढी यात्रा गर्न नपाइने र भाडाका सवारी साधन संचालनमा रोक लगाइए पनि नियमको पुर्ण रुपमा कार्यान्वयन भने हुन सकेको छैन । अत्यावश्यक सेवा बाहेकका जोर बिजोर प्रणाली पालना नगरी संचालन गरेका सवारी साधनहरुलाई नियन्त्रणमा लिई कारबाही स्वरुप होल्डमा राख्ने गरेको दाबी गर्नुहुन्छ ट्राफिक प्रहरी महाशाखाका एसपी बामदेव गौतम । उहाँका अनुसार दैनिक जसो २१ सय देखि २२ सम्म नियम उल्लङ्घन गर्ने सवारी साधन नियन्त्रणमा लिने गरेको छ । गत मङ्गलबार मात्रै २११८ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको र जसमध्ये ११५४ दुई पाङ्ग्रे, २७५ निजी सवारी साधन र ६८९ ट्याक्सीहरु रहेका छन् ।

    अत्यावश्यक सेवा बाहेक निजी सवारी साधनमा ३ जना भन्दा धेरै बसेको पाइएमा र आपतकालीन अवस्थामा रहेका बिरामी ओसार पोसार गर्दा बाहेक अन्य अवस्थामा दुई पाङ्ग्रेमा दुई जना यात्रा गरेको पाईएमा नियन्त्रणमा लिने गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार नियन्त्रणमा लिइएको सावरी साधनलाई होल्डमा राख्ने गरिएको छ । होल्डमा राखिएको सवारी साधनलाई अन्य कारवाही नगरी केही समय नियन्त्रणमा लिएर छाड्ने गरिएको छ ।

    आकस्मिक अवस्थामा ट्याक्सीले प्रायः बिरामी ओसारपसार गर्ने हुँदा छुट दिने गरेको तर कहिलेकाहीँ छलकपट् गरी लुकेरै भाडा उठाउने हिसाबले अरु यात्रु बोकेको पाइएको र यसरी नियम उल्लङ्घन गर्ने जो कसैलाई पनि छुट नहुने सबै कारवाहीको दायरामा आउने उहाँले बताउनुभयो । आफ्नो निजी सवारी साधन नहुने केही व्यक्तिहरूले उपत्यका बाहिर जाँदा निजी सवारी साधनमा भाडा दिए सरी धेरै पैसा तिरेर जाने गरेको पाइएकोले यस्ता सवारी साधनलाई छानबिन गरी कारवाही गर्ने बताउनु भयो ।

    बिहिवार, आषाढ १८ २०७७०७:१४:०६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार