बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

शिक्षण अस्पतालमा कोरोना संक्रमित ४५ दिने शिशुको मृत्यु

शिक्षण अस्पतालमा कोरोना संक्रमित ४५ दिने शिशुको मृत्यु

मेगा खबर संवाददाता

१८, आषाढ २०७७
  • 1.5K
    SHARES

  • शिक्षण अस्पतालमा कोरोना संक्रमित ४५ दिने शिशुको मृत्यु

    काठमाडौं : कोरोना भाइरस ( कोभिड १९) बाट नेपालमा थप एकको मृत्यु भएको छ। त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बिहीबार कोरोना संक्रमित ४५ दिने शिशुको मृत्यु भएको हो। घाँटीमा समस्या देखिएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनमा शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि थियो। उनको हिजो बेलुकी अस्पतालमा नै मृत्यु भएको त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले बताए। उनले भने  ‘शल्यक्रिया गरिएको र उपचारमा हुँदा हुँदै हिजो बेलुकी निधन भयो।' उनका बुवा, आमा र फुपूमा कोरोना संक्रमण परीक्षण गर्न नमुना संकलन गरी पठाइएको छ। म्याग्दी घर भएका शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेका थिए।

    बिहिवार, आषाढ १८ २०७७०४:१८:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार