बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सगरमाथा आरोहणका लागि गएका दुई आरोही आइसफल (हिउँको ढिक्का खस्दा) घाइते

सगरमाथा आरोहणका लागि गएका दुई आरोही आइसफल (हिउँको ढिक्का खस्दा) घाइते

मेगा खबर संवाददाता

१९, बैशाख २०७८
  • 1.6K
    SHARES

  • सगरमाथा आरोहणका लागि गएका दुई आरोही आइसफल (हिउँको ढिक्का खस्दा) घाइते

    काठमाडौँ, सगरमाथा आरोहणका लागि गएका दुई आरोही आइसफल (हिउँको ढिक्का खस्दा) घाइते भएका छन् ।

    आज बिहानै आरोहणका क्रममा क्याम्प १ तर्फ जाँदै गर्दा एक विदेशी र एक नेपाली शेर्पा आरोही घाइते भएका छन् । उनीहरुलाई  लगत्तै उद्धार गरेको सेभेन समिट ट्रेकका प्रमुख मिग्मा शेर्पालेमेगा खबरलाई जानकारी दिए ।

    घाइते भएका आरोहीको गोडामा चोट लागेको छ । उनीहरुलाई हेली एभ्रेस्ट मार्फत उद्धार गरि काठमाडौँ ल्याइएको छ । हाल उनीहरुको सिविक हस्पिटलमा उपचार भइरहेको छ ।

    टासी लाक्पा शेर्पा, दावा फिन्जु शेर्पा र क्याप्टेन सोवित गौचनले घाइते आरोहीको उद्धार गरेका छन् । अहिले सगरमाथा सहितका हिमालमा वसन्त ऋतुको आरोहण चलिरहेको छ ।

    पर्यटन विभागले हालसम्ममा सगरमाथा आरोहणका लागि ४०८ जनालाई अनुमति दिएको छ । आरोहणका लागि बाटो बनाउने काम सकिएर अब आरोहीहरु माथि लाग्न लागेको छन् ।

    आइतवार, बैशाख १९ २०७८०२:०८:०५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार