बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सामाजिक सञ्जालमा लाइभ गर्दै युवतीद्वारा आत्महत्या

सामाजिक सञ्जालमा लाइभ गर्दै युवतीद्वारा आत्महत्या

मेगा खबर संवाददाता

१८, आषाढ २०७७
  • 2.8K
    SHARES

  • सामाजिक सञ्जालमा लाइभ गर्दै युवतीद्वारा आत्महत्या

    दाङको तुलसीपुरमा एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गर्दै आत्महत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी  अन्दाजी  २३ वर्षकी एलिसा गौतमले  गत राति फेसबुकमा  लाइभ गरेर आत्महत्या गरेको   जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रमुख एसपी गणेश चन्दले जानकारी दिए ।

    गौतमको केही समयअघि डिभोर्स भएको खुल्न आएको  तुल्सीपुर प्रहरीले प्रारम्भिक जानकारी प्राप्त भएको तर थप अनुसन्धान बाँकी रहेको एसपी चन्दले बताए  ।

    गौतम आफ्नो माइतीमा बस्दै आएकी थ्यिन् । गौतमकी  छोरी पहिलाको श्रीमानसंग भएको  बताए पनि पुष्टि हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।  आमाबाबु भारतमा काम गएकोले  उनी कोठामा एक्लै बस्ने गरेको बताइएको छ ।

    मृतक युवतीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा राखिएको छ ।

    बिहिवार, आषाढ १८ २०७७१०:३७:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार