बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

स्वास्थ्य क्लिनिकमा सिलिण्डर बिस्फोट, १९ जनाको मृत्यु

स्वास्थ्य क्लिनिकमा सिलिण्डर बिस्फोट, १९ जनाको मृत्यु

मेगा खबर संवाददाता

१७, आषाढ २०७७
  • 1.8K
    SHARES

  • स्वास्थ्य क्लिनिकमा सिलिण्डर बिस्फोट, १९ जनाको मृत्यु

    काठमाडौं । इरानको राजधानी तेहरानस्थित एक स्वास्थ्य क्लिनिकमा भएको बिस्फोट र आगलागीका कारण कम्तीमा १९ जनाको मृत्यु भएको छ। इरानी आपतकालीन सेवाका अनुसार १५ जना पुरुष र ४ जना महिला गरी १९ जनाको मृत्यु भएको हो ।

    प्रारम्भिक अनुसन्धानमा क्लिनिकको तल्लो तलामा राखिएका अक्सिजनका सिलिण्डर बिस्फोट भएको पाइएको छ। प्रहरी र उद्धारकर्मीले घटनास्थलबाट अन्य घाइतेको उद्धार गरी अस्पताल लगेका थिए। उक्त घटनामा कुनै असामाजिक तत्वको संलग्नता रहे नरहेको बारेमा प्रहरीले अनुसन्धान शरु गरेको जनाएको छ।

    बुधवार, आषाढ १७ २०७७०४:५०:३१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार