बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

उपत्यकाको ३ वटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सबै काम बन्द

उपत्यकाको ३ वटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सबै काम बन्द

मेगा खबर संवाददाता

१२, बैशाख २०७८
  • 4.7K
    SHARES

  • उपत्यकाको ३ वटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सबै काम बन्द

    काठमाडौँ, उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयका अत्यावश्यक बाहेकका सबै काम एक हप्ताको लागि बन्द हुने भएको छ ।

    आज आइतबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कोभिड संक्रमण खतरा बढेको भन्दै यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले मेगा खबरलाई जानकारी दिए । 

    अहिले तीनवटै जिल्ला प्रशासन कार्यालयका अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको छ । अरु कार्यालयमा पनि भिडभाड कम गर्ने पालो अनुसार काम गर्ने भन्ने निर्णय भएको छ,’ उनले भने, ‘त्यसरी पनि भएन भने डिसीसीएमसीको बैठक बसेर आवश्यक निर्णय गर्छ ।

    नागरिकता बनाउने, नागरिकताको प्रतिलिपी बनाउने, राहदानी बनाउने, दर्ता तथा नवीकरण लगायतको काम एक हप्तालाई बन्द भएको छ । 

    111111.jpg

    आइतवार, बैशाख १२ २०७८०४:५९:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार