बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आठ हजारभन्दा बढी पर्यटन व्यवसायीले लगाए कारोना खोप

आठ हजारभन्दा बढी पर्यटन व्यवसायीले लगाए कारोना खोप

मेगा खबर संवाददाता

११, बैशाख २०७८
  • 1.7K
    SHARES

  • आठ हजारभन्दा बढी पर्यटन व्यवसायीले  लगाए कारोना खोप

    काठमाण्डाै उपत्यकाका आठ हजारभन्दा बढी पर्यटन व्यवसायीले कारोना खोप लगाएका छन् ।

     पर्यटन विकास परिषद्को पहलमा यही बैशाख ४ गतेदेखि आजसम्म आठ हजारभन्दा बढी पर्यटन व्यवसायीलाई पिपल्स मेडिकल कलेज बालाजुमा कोरोना भाइरस विरुद्धको चिनियाँ खोप (भेरोसेल) प्रदान गरिएको छ ।

    परिषद्का उपाध्यक्ष एवं कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिका संयोजक भविश्वर शर्माले स्वास्थ्य सेवा विभागको सहकार्यमा ठमेल क्षेत्रमा कार्यरत पर्यटन व्यवसायीलाई याे खोप प्रदान गरिएको जानकारी दिए ।

    “स्वास्थ्य सेवा विभागले पर्यटन व्यवसायीका लागि १० हजार डोज खोप उपलब्ध गराए पनि अहिलेसम्म आठ हजार तीन सयको हाराहारीमा खोप प्रदान गरिसकेका छौँ”, उनले भने । खोप अभियानलाई प्रभावकारी र सफल बनाउनका लागि परिषद्ले ३० जना स्वयंसेवक समेत परिचालन गरेको छ ।

    नेपाल आउने ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउने भएकाले ठमेल क्षेत्रका व्यवसायीलाई सुरक्षित बनाउनका लागि कोरोना खोप अभियानलाई तीव्रता दिएको उनको भनाइ रहेको छ ।

     

    शनिवार, बैशाख ११ २०७८०७:०८:५६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार