मंगलवार, कार्तिक १८ २०८३Nov 03 2026

  • TRENDING NOW :

नेपाललाई साढे ८ अर्बको खोप सहायता,फिर्ता गर्नुपर्ने रकमसमेत मिनाहा

नेपाललाई साढे ८ अर्बको खोप सहायता,फिर्ता गर्नुपर्ने रकमसमेत मिनाहा

मेगा खबर संवाददाता

११, कार्तिक २०८३
  • 334
    SHARES

  • नेपाललाई साढे ८ अर्बको खोप सहायता,फिर्ता गर्नुपर्ने रकमसमेत मिनाहा

    काठमाडौं, नेपालको राष्ट्रिय खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको अन्तर्राष्ट्रिय सहायता सुनिश्चित भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको पहलमा ‘गाभी’बाट उक्त सहयोग प्राप्त हुने भएको हो।

    यति मात्र होइन,नेपालले फिर्ता गर्नुपर्ने भनिएको ३ लाख ८ हजार २७१ अमेरिकी डलरसमेत मिनाहा भएको छ । लेखापरीक्षणका क्रममा प्रक्रियागत त्रुटि देखाउँदै फिर्ता गर्नुपर्ने भनिएको रकम मन्त्री मेहताको कूटनीतिक पहल र संवादपछि मिनाहा गराइएको हो ।

    यो निर्णयले नेपालको नियमित खोप कार्यक्रम सञ्चालन र वित्तीय व्यवस्थापनमा राहत पुग्ने अपेक्षा गरिएको छ । सन् २०३० सम्म खोप सहायता सुनिश्चित हुनुले बालबालिकासहित लक्षित समुदायलाई नियमित खोप सेवा उपलब्ध गराउन थप मद्दत पुग्नेछ ।

    मंगलवार, कार्तिक ११ २०८३११:३८:५०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार