काठमाडौँ, काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा बच्चा जन्माएलगत्तै एक सुत्केरीको मृत्यु भएको छ । सोमबार दिउँसो अपरेसनमार्फत बच्चा जन्मिएपछि राति करिब ३२ वर्षीया रबिना तामाङको मृत्यु भएको हो ।
धादिङको गजुरी गाउँपालिका–८ की रबिना असोज १८ गते अस्पताल भर्ना भएकी थिइन् । बच्चा जन्मिएपछि उनको स्वास्थ्य अवस्था बिग्रिएको र राति मृत्यु भएको परिवारले जनाएको छ ।
सुत्केरीको मृत्यु भएपछि उनका परिवार तथा आफन्तले अस्पतालको लापरबाहीका कारण घटना भएको आरोप लगाउँदै आक्रोश व्यक्त गरेका छन् ।
घटनापछि अस्पतालमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले जानकारी दिए । उनका अनुसार पीडित परिवार, अस्पताल प्रशासन र चिकित्सकबीच घटनाबारे छलफल भइरहेको छ ।
रबिनाले जन्म दिएको बच्चालाई भने आईसीयूमा राखेर उपचार भइरहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।