दाङ । शान्तिनगर गाउँपालिका–२ का वडाध्यक्ष फर्साराम डाँगीमाथि कुटपिट भएको छ । आफ्नै कार्यकक्षमा बसिरहेका वडाध्यक्षमाथि मंगलबार अज्ञात समूहले आक्रमण गरेको हो ।
चार/पाँच जनाको समूहले लाठीले हान्दा वडाध्यक्ष डाँगीको टाउको र हातमा चोट लागेको दाङका प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिनुभयो । घाइते वडाध्यक्ष डाँगीलाई उपचारका लागि तुल्सीपुरस्थित राप्ती प्रदेशिक अस्पतालमा लगिएको छ ।
वडाध्यक्षमाथि कसले आक्रमण गरेको भन्ने खुलेको छैन । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।