बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

नेपाल प्रज्ञा-प्रतिष्ठानले लेखक साहित्यकारलाई परिचयपत्र दिइने

नेपाल प्रज्ञा-प्रतिष्ठानले लेखक साहित्यकारलाई परिचयपत्र दिइने

मेगा खबर संवाददाता

६, बैशाख २०७८
  • 1.4K
    SHARES

  • नेपाल प्रज्ञा-प्रतिष्ठानले लेखक साहित्यकारलाई परिचयपत्र दिइने

    काठमाण्डाै, नेपाल प्रज्ञा-प्रतिष्ठानले लेखक साहित्यकारलाई परिचयपत्र दिने कार्यविधि तयार गरेको छ ।

    लेखक साहित्यकार परिचयपत्र वितरण सम्बन्धी (पहिलो संशोधन) कार्यविधि-२०७७’ संशोधनको पहिलो मस्यौदाको प्रतिवेदन प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती समक्ष बुझाइएको छ । 

    संशोधन सहित कार्यविधि तयार पार्न प्राज्ञ परिषद् सदस्य प्राडा। योगेन्द्रप्रसाद यादव संयोजकत्वको कार्यदलले प्रतिवेदन बुझाएको छ ।

    कुलपति  उप्रेतीले देशका वाङ्‍मय साधकलाई परिचयपत्र दिने पहिले देखिकै योजनालाई कार्यान्वयन गर्न यही महीना भित्र राष्ट्रपतिबाट परिचयपत्र वितरण सुरुआत गरिने जानकारी दिए । 

    प्रतिष्ठानका सदस्य सचिव प्रा। जगतप्रसाद उपाध्यायले ‘लेखक साहित्यकार परिचयपत्र’ नामकरण गरिएको परिचयपत्रमा लेखक साहित्यकारको नामउपनाम, नागरिकता नम्बर, जिल्ला, जन्ममिति, विषय क्षेत्र र विधा खुलाइने जानकारी दिए ।

    परिचय पत्र पाउन सम्बन्धित लेखक साहित्यकारले आफ्नो कृति सहित आवेदन दिनुपर्ने हुन्छ ।

    सोमवार, बैशाख ६ २०७८०४:११:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार