बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

टोखा नगरपालिकाका विद्यालय वैशाख ९ गतेदेखि बन्द गरिने

टोखा नगरपालिकाका विद्यालय वैशाख ९ गतेदेखि बन्द गरिने

मेगा खबर संवाददाता

३, बैशाख २०७८
  • 1.2K
    SHARES

  • टोखा नगरपालिकाका विद्यालय वैशाख ९ गतेदेखि बन्द गरिने

    काठमाडौं – टोखा नगरपालिकाका विद्यालय यही वैशाख ९ गतेदेखि बन्द गरिने भएको छ ।

    टोखाले दोस्रो चरणको कोरोना संक्रमणलाई ध्यानमा राख्दै वैशाख ९ देखि सबै विद्यालय बन्द गर्न लागेको छ । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका विद्यालयमा कोरोना संक्रमणदर फैलन नदिन वैशाख ९ गतेदेखि विद्यालय बन्द गर्न लागेको जानकारी दिए ।

    वैशाख ५ गतेदेखि ८ गतेसम्म सबै विद्यालयमा दोस्रो चरणको कोरोना सम्बन्धी विद्यार्थीमा जनचेतना फैलाउने, वैशाख १० देखि १५ गतेसम्म सबै विद्यालय बन्द गर्ने र वैशाख १६ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गरेर वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय भएको जानकारि दिए ।

    टोखाले नगरपालिकाभित्र कोरोना भाइरस फैलन नदिन माइकिङ गर्ने, होर्डिङ वोर्ड राख्ने, आइसोलेसन कक्ष निर्माण गर्ने कार्यलाई प्राथमिकता दिनेछ ।

    नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखामा सामुदायिक आठ, निजी ८४ र मन्टेश्वरी ३५ विद्यालय रहेको जानकारी दिए । टोखाले संक्रमण दरलाई हेरेर अन्य निर्णय गर्दै जाने जनाएको छ ।

    शुक्रवार, बैशाख ३ २०७८०८:०४:१६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार