काठमाडौँ , कुनै पनि शिक्षक वा विद्यार्थीमा कोरोना संक्रमण देखिए एक हप्ता विद्यालय बन्द गर्न काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै महानगरपालिकाले एक हप्ता विद्यालय बन्द गर्न सकिने जनाएको हो । कोरोना संक्रमण बढ्दै गएकाले संक्रमण देखिएको खण्डमा तत्कालै एक हप्ताका लागि विद्यालय बन्द गर्न सकिने महानगरपालिकाको विज्ञप्तिमा उल्लेख गरिएको छ । संक्रमण बढ्दै गएपछि अन्य स्थानीय तहले पनि विद्यालय बन्द गर्न थालेका छन् ।
शिक्षा मन्त्रालयले पनि विद्यालय सञ्चालन र बन्द गर्ने अधिकार स्थानीय तहलाई भएकाले संक्रमणको अवस्था हेरेर विद्यालय बन्द गर्न आग्रह समेत गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।