बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

नेपालगञ्जका सबै जस्तो शैक्षिक संस्था १ साता बन्द गर्ने निर्णय

नेपालगञ्जका सबै जस्तो शैक्षिक संस्था १ साता बन्द गर्ने निर्णय

मेगा खबर संवाददाता

२, बैशाख २०७८
  • 2.1K
    SHARES

  • नेपालगञ्जका सबै जस्तो शैक्षिक संस्था १ साता बन्द गर्ने निर्णय

    नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले पछिल्लो समय कोभिड संक्रमण उच्च गतिमा बढेको भन्दै उप महानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था एक साताका लागि बन्द गर्ने निर्णय गरेको उपप्रमुख उमा थापा मगरले बताइन् । 

    संक्रमण उच्च भयो । त्यसकारण एक साता सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरियो’, उपप्रमुख थापाले भनिन्, ‘स्वास्थ्यमा खेलबाड गर्न उपयुक्त ठानिएन । बैठकले भारतबाट आउनेहरूको सीमानाका जमुनाहमा स्वास्थ्य परीक्षण तथा एन्टिजेन परीक्षणका लागि थप कडाइ गर्ने निर्णय पनि गरेको छ ।

    आजै स्वास्थ्य मन्त्रालयले विभिन्न १४ जिल्लालाई कोरोना संक्रमणको अति प्रभावित जिल्लामा वर्गीकरण गर्दै ती जिल्लाका विद्यालयमा नजान आग्रह समेत गरेको छ । 

    बिहिवार, बैशाख २ २०७८०५:२६:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार