अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पोस्टसहित सबै नेताहरुको समाचारको श्रेणीमा आउने सबै पोस्टमाथि आफ्नो नियम भन्दा विपरित भए हटाउने चेतावनी दिएको हो ।
विशेष गरेर फेसबुकमा आन्दोलन भड्काउने किसिमका भाषण र विभिन्न आरोपहरु लगाएमा बेन एण्ड जेरी तथा डोभ जस्ता ब्राण्ड दिने युरोपीय कम्पनी यूनिलिभरले यस वर्षको अन्तिमसम्ममा फेसबुकका विज्ञापन बहिष्कार गर्ने घोषणा गरेको थियो ।
जसका कारण फेसबुकको शेयरमा ८ प्रतिशतले गिरावट आएको थियो ।
यस कम्पनी भन्दा पछि कोका कोलाले पनि थोरैमा ३० दिनसम्म फेसबुक बहिष्कारको घोषणा गरेको थियो ।
फेसबुकका सिइओ मार्क जुकरवर्गले ट्रम्पका केहि विवादित पोस्टको विरुद्ध कारवाही गर्ने बताएको थियो ।
ट्वीटरले पनि विवादित कुराहरु पोस्ट गर्न नपाउने चेतावनी दिएको थियो । फेसबुकले पेजको बारेमा नयाँ नीति बनाउने बताएको छ ।
फेसबुकका सिईओ जुकरवर्गले भ्रामक जानकारी र विवादित कुराहरु सम्बन्धिका पोस्टहरु अब नराखिने बताएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।