सुरेशकुमार पाण्डे
वास्तबमा झोला शब्द आफैमा ऐतिहासिक छ । सदियौँ देखि झोला बस्तु सङ्कलनका लागि प्रयोग भयो । झोला विध्याको लागि प्रयोग भयो । झोलाको आफ्नै ऐतिहासिक महत्व छ । झोलालाई कतै कसैले बद्नाम गर्ने ठाउँ छैन् र गर्नुपनि हुँदैन ।
अहिले मुहार पुस्तिकाभरी झोलाको उपहाश भएको देख्दा दुःख लाग्यो। हामिले आफ्ना लेख रचनाहरूमा झोले शब्द त कहिलेकसो प्रयोग गरियो तर त्यो झोले शब्द हो झोला होइन।अब झोला र झोलेमा फरक नै नदेख्नेहरूको जमात समाजमा रहिछन् भन्ने पनि बुझियो ।
झोले उनिहरूलाई भन्न खोजिएको हुनुपर्छ जसको आफ्नो स्वतन्त्र अस्तित्व नै छैन,आफ्नो विवेक र स्वाभिमान छैन र मालिकको आदेश द्वारा सञ्चालित छ । आफ्नो मिहिनेत गरेर खाँदैन आर्काको भातमा पलेको हुन्छ । "जस्को खाइ सिता उसैको गाई गीता"
तर यहाँ पनि उनिहरूमा लागु हुँदैन जसले पार्टीको नियम अनुसाशनको पालन गरेका हुन्छन्,देश र जनताको लागि आफ्नै विवेकबाट उनिहरूको निमित्त बिभिन्न तहबाट शंघर्ष गरेका हुन्छन्।झोले भनेर यस्ता महान व्यक्तित्वको उपास गर्नु गलत हुन्छ ।झोले भन्दा बित्तिकै दाश सरहको व्यक्तिलाई बुझ्नुपर्छ । उनिहरू झोला मालिकको बोकेका हुन्छन् । मालिकले आ भन्दा आउँने जा भन्दा जाने,रात हो भनेपछि दिनलाई पनि रात मान्ने यस्ता व्यक्ति जसले नेताको पोलेसी गर्छन् चम्चा बनेर आफ्नो ठाउँ बनाउँने गर्छन् ।
जनतालाई ठग्छन् र नेताको पेट भर्छन् यस्ता व्यक्तिहरूलाई झोले ,विवेकहिन भन्न सकिन्छ । तर त्यो पनि नेताको चम्चा बनेर फाइदा उठाउँन खोज्नेलाई विवेक हिन भन्न मिल्दैन किनकी उसले आफ्नै विवेक प्रयोग गरेर स्वायम नेतालाई ऊल्लु बनाई रहेको हुन्छ ।
त्यस्तो व्यक्ति मार्क्सवादी बिचार वा सिद्यान्त अनुसार महान अवसरबाद हो । यो महान असरबादले कुनै वेला आफ्नो फाइदाको लागि कसको प्रयोग गर्छ यसबारेमा बुज्न गारै हुन्छ । उसको सिकार स्वायम मालिक पनि हुनसक्छ । हामिले उनिहरूलाई चिन्न अथवा छुट्याउँन उनिहरूको व्यवहारको मुल्याङ्कन गर्न सक्नुर्छ ।
त्यस्ता व्यक्ति,कार्यक्रता,नेताहरू जहिले पनि नेतृत्वको पिच्छलग्गु चाप्लुसी गर्ने र सुख्ख सुबिधा लिन सधैँ अगाडी र सङ्कटमा पछाडी हुन्छन् । त्यो उनिहरूको असली चरित्र हो।तर झोले भन्नेले त्यो पनि गर्न सक्दैन उ आदेशको पालना बफादार बनेर गर्छ।जसले ठिक बेठिक छुट्याउँन सक्ने आफ्नै विवेक छैन् वा प्रयोग गर्न सक्दैन ।जे भनेपनि तालि पिट्ने र आफ्नो आकाको आदेशको पालना गर्ने गर्द छ ।
उधारणका लागि एउटा पार्टीको नियम विधि बिधानमा जेसुकै उल्लेख भएपनि नेताको आदेशलाई बिधान अनुसार छ की छैन भनेर अध्यायन गर्न नचाहने बिधिको बिधानमा जेसुकै भएपनि नेताको आदेशलाई सर्वपरि ठान्ने व्यक्तीलाई 'झोले'भन्न सकिन्छ ।
हामीजस्ता आर्काको देशमा गएर काम गर्नेहरूलाई यो झोले शब्द अनौठो र अपरिचित भने लाग्दैन।किनकी हामि मध्यले कतिपय अबस्थामा राम्रो नराम्रो जेसुकै भएपनि मालिकको आदेश मान्नुपर्ने हुन्छ।वा कतिपयले काम छुट्छ की भनेर मालिको नजिक्कीने उदेश्यले उनिहरूले मालिकलाई खुसि पार्न यस्तो बफादार झोलेको रूपमा कार्या पालना गरेका हुन्छन् । किन की मालिकले नोक्कर कमैयाको रूपमा पैसादिएर राखेको हुन्छ।त्यो उनिहरूको बाध्यता हो भन्न मिल्छ ।
तर त्यही विदेशमा पनि कतिपयले कम्पनिको नियम बिपरित काम गर्न मान्दैनन् । त्यसको जस्तो सुकै परिणाम आइ लागेपनि उनिहरू त्यसको लागि तैयार हुन्छन्।सामाजिक कार्याको दौरान यस्ता घटनामा परेका थुप्रै विवेकसिल नेपालीहरू हामिले भेटेका छौँ । जो मर्नै परेपनि दिनलाई रात भन्दैनन् र रातलाई दिन भन्दैनन् ।
एउटा चौकिदार आफ्नो डिप्टीमा यदि स्वायम मालिकले पनि समान तल माथि गरेको देख्छ भने उसले ठाउँको ठाउँ ठटाएको हामिले देखेका छौँ । तर कतिपयले आफ्नै वेकसुर भाईलाई मालिकको आदेशमा पिटाएको पनि देखेका छौँ । यसरी यही नियम राजनैतिक आन्दोलनमा रहेका झोले विवेकहिन वा विवेकसिल कार्यक्रतालाई छुट्याउँन सकिन्छ ।
तर सबैलाई झोले भन्दा इमानदार नैतिकताको पालना गर्ने बफादारहरूको पनि उपहास भएको हुन्छ।शब्द प्रयोग गर्दा धेरै सोंच बिचार गरेर मात्र प्रयोग गरौँ । हामिसबै कुनै नकुनै राजनीति पार्टी वा संगठनको नजिक रहेर देश र जनताको पक्षमा काम गर्नेहरू आ आफ्नो पार्टी संगठन प्रति बफादार हुनुलाई झोले भन्न मिल्दैन । नेपालको शन्दर्भमा धेरैजसो बिभिन्न पार्टीमा आस्था राखेका र पार्टीको नियम अनुसार पार्टीकै आदेशमा कार्यरत छौँ । त्यो बहुदलिय व्यवस्थामा प्रत्येक को नैसङ्गिक अधिकार हो र हुनुपर्छ।जुनसुकै पार्टीमा आस्था राखेर उक्त पार्टीको निर्णय अनुसार अगाडी बढेको छ भने त्यस्ता इमानदार कार्यक्रता ,नेता वा सदस्यलाई झोले भनेर उपहास गर्न मिल्दैन ।
हामिले आफुलाई एउटा असल नागरिकको पहिचान दिनसक्नु पर्छ।हामिले अर्कालाई उपनामबाट उपहास गर्छौँ भने कुनै चौबाटोमा वा कुहिनेटामा त्यो हाम्रै उपहासको श्रोत बन्ने छ । यसबारेमा हामि कसैलेपनि नभुल्दा राम्रो हुने छ।मैले भन्न खोजेको मात्र यत्ति हो सबैलाई एउटै घानमा हालेर पिस्नु ठिक होइन । बरू झोला र झोलेको बारेमा पनि छुट्याउँन सक्ने आ आफ्नो विवेक तैयार पारौँ ।
नेपाली जनताहरूको प्रत्येक शब्द व़जनदार हुनुपर्छ।हामी यो फेसबुकमा जसरी प्रस्तूत् हुन्छौँ त्यसले हाम्रो धरातललाई प्रष्ट सँग देश विदेशमा फैलायको हुन्छ । कसैको उपहास गर्ने क्रममा हामिले आ आफ्नो उपहास गरेका हुन्छौँ । कृपया हामि आफैले पनि वेवेकसिल बनेर आफुलाई एउटा असल र जिम्मेवार नागरिकको रूपमा चिनाऊँ ।।।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।