मंगलवार, श्रावण १२ २०८३Jul 28 2026

  • TRENDING NOW :

मध्यपूर्वि शक्ति टकराव र नेपालको कुटनैतिक परिक्षा 

मध्यपूर्वि शक्ति टकराव र नेपालको कुटनैतिक परिक्षा 

मेगा खबर संवाददाता

१८, फाल्गुण २०८२
  • 259
    SHARES

  • मध्यपूर्वि शक्ति टकराव र नेपालको कुटनैतिक परिक्षा 

    मध्यपूर्वको वर्तमान द्वन्द्वलाई हेर्दा यो मात्र सैन्य प्रतिशोधको चक्र होइन, यो क्षेत्रीय र वैश्विक शक्ति–सन्तुलनको गहन पुनर्संरचनाको संकेत हो। अमेरिका र इजरायलको संयुक्त अभियान; "ओपेरतिओन् एपिक् फुर्य्"  र "ओपेरतिओन् रोअरिङ् लिओन्" जसले फेब्रुअरी २८, २०२६ मा सुरु भएर इरानको सर्वोच्च नेता अयातोल्ला अली खामेनी र दर्जनौं उच्च अधिकारीहरूको हत्या गरेको छ । यो इरानको आणविक र क्षेप्यास्त्र कार्यक्रमलाई नष्ट गर्दै शासन परिवर्तनको स्पष्ट रणनीतिक स्वार्थबाट प्रेरित भएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो अभियानलाई "चार हप्ता वा सो भन्दा कम समय" मा सम्पन्न गर्ने वा "उद्देश्य प्राप्त नहुन्जेल" भनेका छन्, जसले अमेरिकाको क्षेत्रीय वर्चस्व कायम राख्ने पुरानो नीतिलाई प्रतिबिम्बित गर्छ।

    यहाँ अमेरिकाले कुनै एक राष्ट्रलाई प्रहार गर्‍यो वा त्यस देशको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्‍यो भन्ने मात्र होइन, यसले सिंगो मध्यपूर्वि क्षेत्रलाई तनावग्रस्त बनाएको छ । यो विश्वको बदलिँदो शक्ति संरचनालाई भत्काउने र आफ्नो बर्चस्वलाई कायमै राख्ने अमेरिकाको महत्वकांक्ष अन्तरगत छ।  पश्चिमबाट विश्वको हव पूर्वीक्षेत्रमा स्तानतरण हुँदै गर्दा यो अमेरिकाको लागि ठूलो चिन्ताको विषय हो । उसले आफ्नो मनोमानी चलाउन पाउँदैन विश्व शक्ति पूर्वमा निहित हुँदा । त्यसैले अमेरिकालाई त्यो शक्ति विभत्स पार्नु दिगो भूराजनैति शक्तिको केन्द्रमा रहिरहने प्रतिष्ठाको विषय बनेको छ । 

    इरान आफैमा बहुआयामिक ढङ्गबाट विकास भैरहेको राष्ट्र हो, ए।आई, हतियार, प्रविधि र अर्थ विकासले तिब्रता लिँदा उ निकट भविस्यमा मध्यपूर्वि क्षेत्रमा अमेरिकाको लागि खतराको विषय बन्न सक्छ। अर्का तर्फ चीन र रसिया जस्ता राष्ट्रले इरानलाई समर्थन गर्नुले विश्व राजनीतिमा नयाँ समीकरण बन्ने र पूर्वी क्षेत्रबाट अमेरिका एक्लिन सक्ने खतरालाई समेत मध्यनजर गरि अमेरिकाले यो प्रहार गरेको बुझ्न सकिन्छ। यूएई विश्वको सुरक्षीतमध्यको राष्ट्र भनेर चिनिदै गर्दा यो विश्व हब बनेको छ। त्यहाँको कर प्रणालीको कारण अमेरिकीहरु पनि आफ्नो देश छोडेर यतातिर बसाई सराई गर्दैछन्, जुन कुरा अमेरिकाको लागि अर्थराजनैतिक खतराको विषय हो ।

    सोमवार, फाल्गुण १८ २०८२०७:१५:१६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार