बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

.जिवनको यात्रा.

.जिवनको यात्रा.

मेगा खबर संवाददाता

१४, आषाढ २०७७
  • 8.2K
    SHARES

  • .जिवनको यात्रा.
    .जिवनको यात्रा.
     
     
    खै के के थालनी गरें केही जानी गरें
    केही अन्जानमै गर्न भ्याएछु
    लाग्छ मैले गल्ती गरें सायद मेरा
    अगणनिय विचारहरु सत्य थिए भने
    मेरो पनि बिजय हुन्थ्यो होला
    मैले कुनै पनि योजना आधारयुक्त
    गर्न सकेकी छैन आज्ञापित गर्न सकेकि छैन
    हुनसक्छ मेरो जन्म यिनै कल्पित योजनाको
    माला बुन्न भएको होला सायद
    नत्र त पुर्णता पाँउथ्यो कि
    अझै थाकेकि त छैन हारेकी पनि छैन
    कति वसन्त शिशिर उकाला ओराला
    वाधा अड्चन गाली हेपाई के के भोगिन मैले
    सायद अझै भोग्न बाँकि पनि छ
    लाग्छ जस्तोसुकै परिस्थिति किन नआओस्
    अकरुण कहिल्यै बन्दिन बरु सधैं अकपट रहन्छु
    हरेस कहिल्यै खाँदिन अवस्य
    पनि जीवनलाई सार्थक बनाउने छु
    आफू जन्मिनुको उदेश्य खोज्नेछु
    यो जिन्दगी कस्तो झमेला रहेछ
    वाच्नै पर्ने इच्छा चाहनाका दस्तावेजहरु
    आशुले भिजाएर घामको रापमा सुकाएर
    मनभित्र सुकाएर अनि मस्तिष्कमा सडाएर
    कस्तो नमज्जा जिज्ञासाले भरिएको
    खटपटी त खतराले भरिएको
    अप्रीयताले अनि निष्क्रियताले भरिएको
    कस्तो रङ्गहिन गन्धहिन जनमर्दनले भरिएको
    खै के हो बुझ्नै नसकिने यो जिवनको यात्रा !!

    आइतवार, आषाढ १४ २०७७०६:४४:१४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार