मंगलवार, श्रावण १२ २०८३Jul 28 2026

  • TRENDING NOW :

लघुकथा: बुढो कुकुर र तरुणी कुकुरिनी

लघुकथा: बुढो कुकुर र तरुणी कुकुरिनी

युर्बसि पाैड्याल

२९, आषाढ २०८३
  • 301
    SHARES

  • लघुकथा: बुढो कुकुर र तरुणी कुकुरिनी

    नेपालमा एउटा बुढो कुकुर थियो । एक दिन उसलाई अमेरिकाको भिसा लाग्यो । यो खबर सुनेपछि एउटी तरुणी कुकुरिनीले, “यसको पछि लागे अमेरिका पुगिन्छ,”भनेर खुशी हुँदै बुढो कुकुरसँगै अमेरिका जाने निर्णय गरिन् । दुवै जना अमेरिका पुगे । तर त्यहाँको सफा वातावरण र स्वच्छ हावापानी कुकुरिनीलाई मन परेन । उसलाई त नेपालमा जस्तै दुर्गन्ध र फोहोरको बास्ना नै बानी परेको रहेछ । केही दिनमै ऊ बिरामी परिन् ।

    बुढो कुकुरले उनलाई अस्पताल लग्यो। डाक्टरले जाँच गरेर सोध्यो,“तिमी कस्तो वातावरणमा हुर्केकी हौ ?”
    कुकुरिनीले जवाफ दिई,“मलाई त दुर्गन्ध र फोहोरको गन्ध नै मन पर्छ ।”
    त्यसपछि डाक्टरले मुस्कुराउँदै भन्यो,“त्यसो भए तिमी यहाँ बस्न सक्दिनौ । जहाँ तिमीलाई त्यही गन्ध पाइन्छ,त्यहीँ फर्केर जाऊ ।”
    त्यसपछि बुढो कुकुर र तरुणी कुकुरिनी दुवै नेपाल फर्किए । फर्कँदै गर्दा बुढो कुकुरले भन्यो, “मान्छे वा जनावर,जोसुकै होस्, आफ्नो comfort zone जोने बाट बाहिर ननिस्किएसम्म नयाँ ठाउँमा टिक्न र अनुकूलन गर्न सकिँदैन । नयाँ अवसर चाहिन्छ भने नयाँ वातावरणसँग घुलमिल हुन पनि सिक्नुपर्छ ।”
    तरुणी कुकुरिनीले पनि बुझी—सिर्फ अरूको पछि लागेर होइन,आफूलाई बदल्न र नयाँ परिस्थितिमा अनुकूल हुन सक्ने क्षमता विकास गरेर मात्र अघि बढ्न सकिन्छ ।
    नैतिक सन्देश: comfort zone जोने मा मात्र बसिरहँदा विकास रोकिन्छ;नयाँ वातावरणमा सफल हुन अनुकूलन,सिकाइ र परिवर्तन स्वीकार्ने साहस चाहिन्छ ।

    सोमवार, आषाढ २९ २०८३०६:०३:०७
    सम्बन्धित समाचार