काठमाण्डौं । उपत्यकाको सदाबहार चर्चामा रहिरहने पर्यटकहरुका लागि अधिक रुचाइएको ठाउँ हो बौद्ध । यस क्षेत्रमा दिनहु जसो चोरी डकैती आत्महत्या जस्ता अपराधिक घटनाहरु हुने गर्दथ्यो, लकडाउनको सुरुवाती समययमा यस्ता अपराधका घटनाहरु अघिल्लो परिस्थितिमा भन्दा धेरै गुणा कम भईसकेको थियो । हाल पछिल्लो समयमा केही यस्ता अपराधिक घटनाहरु बढ्न थालेको छन् । चोरी डकैती आत्महत्या जस्ता अपराधिक घटानाहरु पनि थपिन थालेको बौद्ध प्रहरी वृतका प्रमुख डिएसपी नविन कार्की बताउछन् उहाँका अनुसार लकडाउनकै कारण अत्माहत्या तथा चोरी डकैतीको घटना बढेको भन्ने यकिन नभए पनि कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि लागु गरेको लकडाउन पछि चोरी डकैती तथा आत्महत्याका घटनाहरु सिर्जना भएको पाइएको छ । लकडाउन नै मुख्य कारण नभए पनि केही हदसम्म लकडाउनले मानिसमा एक प्रकारको तनाब सिर्जाना गरेको प्रति भने डिएसपि कार्की सहमत छन् । डिएसपि नविन कार्की भन्छन् “लकडाउनले मानिसहरुमा विभिन्न प्रकारको तनाव सिर्जना गरेको छ । जसका कारण लकडाउनको समयमा घट्न सक्ने अपराधिक घटनाहरुलाई नियन्त्रण गर्न बौद्ध प्रहरी वृतले सक्रिय रुपमा आफ्नो गतिबिधि सञ्चालन गर्दै आएको छ, यस समयमा सबै सजक र सतर्क रहन जरुरी छ ।”
लकडाउनको समयमा कोरोनाको त्रासमात्र नभएर विभिन्न प्रकारको हत्या हिंसाका घटनाहरु हरेक दिनजसो घटिरहेका छन् । लकडाउनका कारण दैनिक रुपमा गर्दै आएका आफ्ना कामकाजमा जान नपाउनु, व्यस्तताको कमिले पारिवारिक झैं झगडा हुनु, मानसिक तनाव सिर्जना भएपश्चात आत्महत्या गर्ने गरेको पाइएको छ । उता लकडानको समयमा घरबेटी र घर भाडामा बस्दै आएका व्यक्तिहरुबिच झैं झगडा समेत बढेको डिएसपि कार्किले बताए । घरभाडा तिर्न नसक्दा घरबेटीले दबाब दिन थालेपछि केहि भाडामा बस्नेहरु घर समेत छोडेर गएको पाइएको छ । बौद्ध आसपासमा भाडा महँगो हुने भएपनि कतिपय घरबेटीहरुले भने एक दुई महिनाको भाडा छुट गरेका छन् । हालसम्म घर बहालमा बस्नेहरुको मात्र प्रकरणहरु आइरहेको तर पसल तथा व्यवसाय भएकाहरुको खासै नआएको बौद्ध प्रहरी वृतको भनाई छ । हाल प्रहरी कार्यालयमा स्थानिय बासिन्दाहरु पनि एकपछि अर्को समस्या लिएर जाने गरेका छन् । यस्ता किसिमका घटनाहरुलाई सकेसम्म आपसी समझदारी र सहमति कायम गरी पठाउने गरिएको र वृतमा सकेसम्म कम थुनुवा राखी सक्रमण न्यूनिकरण गर्ने प्रयास गरिएको छ । त्यहाँ राखिएका थुनुवाहरुलाई बाहिरबाट खाना नल्याई त्यहीबाट नै खाना दिने ब्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।
सरकारले विदेशमा विभिन्न कारणले अलपत्र परेका नेपालीहरुको उद्धार कार्य गरिरहेको छ । तर केही नेपालीहरु छिमेकी मुलुक भारत तथा उपत्यका बाहिरबाट छलकपट गरी लुकीछिपि भागेर, क्वारेन्टाइनमा नबसि घर फर्किदा केही घरबेटीहरुले घरभित्र पस्न नदिएको र यदि छिरिहालेमा नयाँ मान्छे देख्नासाथ छिमेकी आफु सतर्क भई प्रहरी कार्यालयमा जानकारी दिन थालेका छन् । सुरुवाती समयमा त्यस्तो प्रकरण आएमा प्रहरीले सतर्कता अपनाउदै गम्भीरतापूर्वक रुपमा लिई टेकु पठाउने गरेका थिए । तर उक्त प्रकृतिको समस्या धेरै आउन थालेपछि होम क्वारेन्टाइनमा राख्न थालिएको छ । हालसम्म बौद्ध प्रहरी वृतमा १०० जनाभन्दा बढीको आरडिटि टेस्ट गरिएको छ । तर आरडिटि परिक्षणले राम्रो परिमाण नल्याएपछि पिसिआर विधिबाट कोरोना परिक्षण सुरु गरिएको छ भने हालसम्म ५९ जनाको पिसिआर विधिबाट कोरोना जाँच गरिएको बौद्ध प्रहरी वृतले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।