शनिबार रसुवामा ९ जना कोरोना संक्रमित थपिएसँगै मुलुकका ७७ वटा जिल्लाहरुमा कोरोना संक्रमित भेटिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा रसुवामा ८ पुरुष र १ महिला गरी ९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
यस्तै मुलुकमा कोरोना संक्रमतिको संख्या १२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा शनिबार थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको हो ।
मन्त्रालयका अनुसार मुलुकका सबै जिल्लामा संक्रमण फैलिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।