सिन्धुपाल्चोकको बाह्रबिसे स्वास्थ्य केन्द्रलाई पूर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य मोहन बस्नेतले पि सि आर मेसिन किनिदिने घोषणा गरेका छन् ।
नेता बस्नेतले शनिबार विज्ञप्ति जारी गरी सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेमा रहेको अस्पताललाई पीसीआर परीक्षणको मेसिन उपलब्ध गराउने बताएका हुन् । उनले निःशुल्क रुपमा कोरोनाको नमूना परीक्षण गरिने समेत बताएका छन् । यो व्यवस्था भए पस्चात सम्पुर्ण सिन्धुवासीहरुले निशुल्क कोभिड १९ को परिक्षण गर्न पाउनेछन् । उनले जिल्लाको बाह्रबिसे अस्पतालमा पि सि आर प्रबिधिको अत्याधुनिक मेसिन, आवश्यक कर्मचारी र किट लगायत ब्यबस्था पनि आफैले गराइदिने जानकारी गराउनु भएको काँग्रेस स्थानिय नेता युधिर पौडेलले बताए ।
नेपालमा कोरोना महामारीको प्रकोप तीब्र गतिमा अनियन्त्रित ढंगले अगाडि बढिरेको परिस्थितिमा सरकारले कुनै पनि सावधानी अपनाउन नसक्नु नेपाल र नेपालीहरूका लागि दुर्भाग्यपूर्ण रहेको बताउदै उनले ‘बेसार र पानी खानु, हाछ्यु गर्नु, कोराना फाल्नु, घरमा बस्नु भन्ने जस्ता बक्तब्य दिने सरकारको नेतृत्व गर्ने जिम्मेवार व्यक्तिबाट उक्त समस्याको समाधान नदेखिएको यस परिस्थितिमा जनस्तरबाट समेत सक्रिय भूमिका खेल्नुपर्ने बताए छन् । ‘नेपालमा कोभिड १९ को संक्रमण देखिएको आधा वर्ष वितिसक्न लाग्दा पनि एकतिहाई जिल्लाहरूमा पनि पीसीआर प्रविधिबाट स्वाव परीक्षण गर्ने व्यवस्था मिलाउन नसक्नु अर्को विडम्बना हो’, उनले भनेका छन् । यो अवस्थामा आफुले सक्ने र सबैसँग हातेमालो गर्दै समन्वय र सहकार्य गरि व्यवस्था गर्ने बताउनु भएको छ ।
यस अघि बस्नेतले ६१३ स्वास्थ्यकर्मीको बिमा गराईदिनुका साथै प्रहरी तथा पत्रकारहरु र स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका थिए भने नेपालमै पहिलो पटक कोरोनाका कारण निधन भएका महिलाको शिशुलाई १ लाख आर्थिक सहयोग र उच्च शिक्षाको सहयोगको प्रतिबद्दता जनाएका छन् । 
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।