बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

राष्ट्रिय युवा संघ जुगलको पहलमा मृगौला पिडितलाई आर्थिक सहयोग

राष्ट्रिय युवा संघ जुगलको पहलमा मृगौला पिडितलाई आर्थिक सहयोग

मेगा खबर संवाददाता

१३, आषाढ २०७७
  • 5.2K
    SHARES

  • राष्ट्रिय युवा संघ जुगलको पहलमा मृगौला पिडितलाई आर्थिक सहयोग
    राष्ट्रिय युवा संघ जुगलको पहलमा जुगल गाउँपालिका वार्ड नं ७ का मृगौला पीडित शक्ति तामाङलाई एकमुष्ट रकम जम्मा रु २,४५,३२९ नगद सहयोग गरेको छ । विवि सिंह तामाङका छोरा शक्ति दुवै मृगौला पीडित हुनुहुन्छ ।
     
    जुगल गाउँपालिकाका जनप्रतिनिधि, युवा संघ राष्ट्रिय युवा संघ, लगायत त्यस क्षेत्रका स्थानियबासीहरुको संयुक्त पहलमा संकलन गरीएको सो रकम जुगलगाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठ, वडा नं ७ का वडा अध्यक्ष दिल कुमार लामा, राष्ट्रिय युवा संघ जुगलका संयोजक फुलकाजी स्याङ्बो लगायत जुगलगाउँपालिका स्थानीय जनप्रतिनिधिहरु बिरामीको घरमा नै पुगेर हस्तान्तरण गरेका हुन । 
     
    प्राकृतिक बिपत्ति तथा अन्य राष्ट्रिय बिपत्तिको घडीमा राष्ट्रिय युवा संघ सदैब आम नागरिकको साथ रहेको जानकारी दिदै संयोजक फुलकाजी स्याङ्बोले अब छिटै बिश्वब्यापी कोरोना महामारी रोकथामका लागि राष्ट्रिय युवा संघकै पहलमा कोरोना कोष स्थापना गर्ने उद्देश्य रहेको मेगा खबरलाई बताए ।
     
    received_315969252765898.jpeg received_630202810926948.jpeg

    शनिवार, आषाढ १३ २०७७०७:१६:१३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार