बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौँ विश्वविद्यालयले आजदेखि अनलाइन माध्यमबाट पढाउन शुरू

कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौँ विश्वविद्यालयले आजदेखि अनलाइन माध्यमबाट पढाउन शुरू

मेगा खबर संवाददाता

२६, चैत्र २०७७
  • 2.1K
    SHARES

  • कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौँ विश्वविद्यालयले आजदेखि अनलाइन माध्यमबाट पढाउन शुरू

    काठमाडौँ, कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौँ विश्वविद्यालयले आजदेखि अनलाइन माध्यमबाट पढाउन शुरू गरिइएको छ ।

    विश्वविद्यालयले एक सूचना जारी गर्दै आजबाट अनलाइन मार्फत पढाइ शुरू गरेको जनाएको छ । विश्वविद्यालयले स्कूल अफ साइन्स र इन्जिनियरिङ अन्तर्गतका सबै कार्यक्रमको पढाइ आगमी वैशाख मसान्तसम्म अनलाइन मार्फत् गर्ने निर्णय गरेको छ ।

    स्कूल अफ साइन्सका डिन प्रा।डा। कन्हैया झा र स्कूल अफ इन्जिनियरिङका डिन प्रा।डा। मनीष पोखरेलले संयुक्त रुपमा निकालेको सूचनामा चैत २६ गतेदेखि २०७८ वैशाख मसान्त सम्म अनलाइन माध्यमबाट पढाइ हुने उल्लेख गरेको छ ।

    अध्ययन अध्यापन अनलाइन मार्फत भएपनि प्रशासनिक काम भने कार्यालयबाटै सञ्चालन हुने विश्वविद्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

    बिहिवार, चैत्र २६ २०७७१२:१२:०९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार