बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

राजधानीमा आजदेखि आस्कमी भर्चुअल जब फेयर’ को दोस्रो संस्करण शुरु,५० कम्पनीमा रोजगारि दिलाउने

राजधानीमा आजदेखि आस्कमी भर्चुअल जब फेयर’ को दोस्रो संस्करण शुरु,५० कम्पनीमा रोजगारि दिलाउने

मेगा खबर संवाददाता

१८, चैत्र २०७७
  • 2.1K
    SHARES

  • राजधानीमा आजदेखि आस्कमी भर्चुअल जब फेयर’ को दोस्रो संस्करण शुरु,५० कम्पनीमा रोजगारि दिलाउने

    काठमाडौ,  राजधानीमा आजदेखि आस्कमी भर्चुअल जब फेयर’ को दोस्रो संस्करण शुरु गरिको छ ।

    पहिलो संस्करणको भर्चुअल जब फेयर २०२० सफलतापूर्ण सम्पन्न गरेको आस्कमी म्यानेजमेन्टले दोस्रो संस्करणको जब फेयर आजबाट शुरु गरेको हो । अनलाइन प्लेटफर्म मार्फत प्रदान गरिने उक्त जब फेयर कार्यक्रम राष्ट्रिय वाणिज्य बैंकसँगको मुख्य सहकार्यमा आयोजना गरिएको कम्पनीले जनाइएको छ ।

    मार्च ३१ देखि एप्रिल २,२०२१ सम्म चल्ने उक्त जब फेयर मार्फत ५० बढी कम्पनीमा रोजगारीको अबसर प्रदान गरिने आयोजक कम्पनी आस्कमी म्यानेजमेन्टले जनाएको छ । जब फेयरको पेमेण्ट पार्टनरमा नेपाल क्लियरिङ हाउसको कनेक्ट आईपिएस रहेको छ ।

    आस्कमी म्यानेजमेण्टकी व्यवस्थापकीय निर्देशक अर्चना कुवंर क्षेत्रीका अनुसार कोरोना महामारीको विषम अवस्थामा सञ्चालन गरिएको भर्चुअल जब फेयरले रोजगारीको बजार बिस्तार गर्दै सकरात्मक सन्देश प्रवाह गर्नेछ । हामिले पहिलो पटक २०२० मा यो कन्सेप्ट ल्याउँदा नेपालको लागि नयाँ थियो ।

    पहिलो वर्षनै ४० भन्दा बढि कम्पनीले विश्वास गरेका कारण नै हामिले पूर्ण सफलताका साथ पहिलो संस्करणको भर्चुअल जब फेयर सञ्चालन गरेका थियौं’ कुँवरले भनिन्, ५० भन्दा बढी कम्पनीमा जब दिलाउने लक्ष्यका साथ यो दोस्रो संस्करणको जब फेयर आयोजना गरेका हौं ।

    भर्चुअल जब फेयरको सर्पोट पार्टनरका रुपमा बोस्टन इन्टरनेशनल कलेज,नेपाल बैंक,शिखर इन्स्योरेन्स,नेपाल इन्भेष्टमेण्ट बैंक र एनआईसी एशिया बैंक छन् । फिचर रिक्रुएटरका रुपमा जब दिलाउनका लागि फेयरमा नबिल बैंक,नेपाल बैंक,शिखर इन्स्योरेन्स,नेपाल इन्भेष्टमेण्ट बैंक,एनआईसी एशिया बैंक,जावलाखेल ग्रुप,एसबी वेब,एनएमबि बैंक,नेपाल बंगलादेश बैंक,एनसीसी बैंक,लक्ष्मी बैंक,अग्नी ग्रुपले सहभागिता जनाउँदै छन् ।

     सांग्रिला डेभलपमेण्ट बैंक,रिलायबल लाइफ इन्स्योरेन्स,सानिमा लाइफ इन्स्योरेन्स,प्राइम लाइफ इन्स्योरेन्स,आईएमई पे,नेको इन्स्योरेन्स,सानिमा जनरल इन्स्योरेन्स,सानिमा लाइफ इन्स्योरेन्स,आस्कमी पसल लगायतका कम्पनीहरु रोजगारदाताका रुपमा जब फेयरमा सहभागि हनेछन् ।

    फेयरमा सहभागि हुन चाहने अन्य कम्पनीले अनलाइन स्टल राख्नका लागि आस्कमी कन्सल्ट डटकम स्लास इम्प्लोयर ड्यास जोनमा लगइन गर्नु पर्ने कम्पनीले जनाएको छ ।

     पोर्टलबाट जब फेयरमा अनलाइन स्टल राख्न सकिन्छ । देशभरिका मानिसहरुले एकै साथ यो प्ल्याटफर्ममा भिजिट गरि आवश्यक्ता अनुसारको रोजगारीका लागि मोबाईल वा कम्प्युटर बाटै आबेदन दिन सकिन्छ ।

    बुधवार, चैत्र १८ २०७७१२:५३:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार