बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

हाम्रो सोचमै खोट

हाम्रो सोचमै खोट

स्वस्तिका नेपाल

१२, चैत्र २०७७
  • 3.4K
    SHARES

  • हाम्रो सोचमै खोट

    नकारात्मक दृष्टिकोण बदलेर सकारात्मक सोच विचार र चिन्तन बनाउनु आजको आवश्यकता हो । आफू बदलिन सक्यौं भने परिवार बदलिन्छ , समाज बदलिन्छ अनि सिङो रास्ट्र बदलिन सक्छ । सकारात्मक हेराई र पाखुरिमा जागर उमार्न हरेकले सक्ने हो भने देशको विकास हुन वेर लाग्दैन ।

    हामिसंग विकास गर्न सक्ने संभावना अथाह अथाह छन् । स्रोत ,साधन काम गर्न सक्ने उमेरको दक्ष जनशक्ति पनि प्रसस्त छन । कृषि , ब्यापार -ब्यवसाय पर्यटनको विकास उधोग कलकारखानाको स्थापना जलविधुत लगायत अन्य क्षेत्रमा जागर निकालेर काम गर्यौ भने यति थोरै जम्मा ३ करोड नेपाली रोजगारी खोज्दै भौतारिनुपर्ने छैन ।

    फुलको आँखामा फुलै सन्सार काँडाको आँखामा काँडै सन्सार भन्ने गितमा जस्तै भएका छौ अहिले हामिहरु । आफुले केही गर्दैनौ योजनाविहिन लक्ष्य र उदेश्य विहिन भएर बाच्न थालेका छौ । आफुले नै केही गर्न नसकेपछि अरुले गरेको पनि हाम्रो आँखाले देख्दैन , अरुले राम्रो गर्दा पनि नराम्रो मात्र गरेको देख्दछौ ।

    यसो हुनुमा प्रमुख त हाम्रो मानसिकतामा नकारात्मक सोच भरिएको छ , हाम्रो दृष्टिकोण नै नकारात्मक छ । जब हरेक कुरामा नकारात्मक मात्र देखिन्छ तब सकारात्मक सोच , विचार र चिन्तन टाढा भाग्छ । आधा बोतल पानीलाई रित्तो देख्छ हाम्रो आँखाले हरेक काम कुरालाई असम्भव मात्र देख्छौ , भनिन्छ सुरुवात गर्नु पनि आधा उपलब्धि हो । तर कुनै काम कुराको सुरुवात त टाढाकै विषय भयो संभव मात्र पनि देख्दैनौ हामी , अरुले गर्न सक्छ भनेको कुरालाई पनि असम्भव यस्तो हुदैन भनेर विरोध गर्छौ ।

    दृष्टिकोणमै हरेक कुरा असम्भव मात्रै देखिरहने हो भने हामिले के गर्न सकौला? कुरा मात्रै काट्ने काम गर्ने हातहरुलाई बाँधेर बस्यौ भने के गर्न सकौला हामिहरुले? अरुलाई असल देख्न सुरुमा हरेक आफू असल बन्न सक्नुपर्छ । आफू भलो त जगत भलो ब्यवहारिकतामा वास्तविकतामा हुनुपर्ने सोछ विचार विकास गर्न सक्यौ भने पनि यो गुण भेट्टाउन सकिन्छ । हामिले सोसल मिडियामा कुरा काटेजस्तै हामिहरुले पेसा नै कुरा काट्ने , नकारात्मक टिकाटिप्पणी गर्ने जस्तै खत्तम भएको पनि होइन ।

    भनिन्छ जहाँ ईच्छा त्यहाँ उपाय । हामिभित्र सुरुमा केही गर्छु भन्ने मानसिकता हुनुपर्छ । जब मानसिक रुपमै केही गर्छु भनेर अगाडि बढ्ने हो भने तमाम अवसरका ढोका क्रमशः खुल्दै जान्छन । केही गर्छु भन्ने सोच राखौ , उदेश्य राखौ , लक्ष्य राखेर अगाडि बढौ । हिड्न सुरु गर्नेहरू नै पुग्छ्न गन्तव्यमा हामिमा कमजोरी भनेको दृढ इच्छाशक्तीमा छ । उच्च राजनीतिक सस्कारको अभाव छ ।

    आफुभित्रबाट नै सकारात्मक दृष्टिकोण बनाउन सक्यौ भने त्यतिबेला आफु , परिवार , समाज , देश सुन्दर लाग्छ र त्यो भन्दा बढी सुन्दर हाम्रो प्रकृति लाग्छ , सोच , विचार , चिन्तन र काम गर्ने शैलिमा उर्जा थपिन्छ । अल्छिपन हटेर जान्छ , आफुले पनि केही गर्ने र अरुलाई पनि केही गराउने वातावरण सिर्जना हुन्छ । सबैजना आफुले गर्नसक्ने काममा ब्यस्त भएपछि अनावश्यक कुरा काट्ने फुर्सद हुँदैन , सबैको प्रगती हुन्छ , उन्नति हुन्छ , त्यसैले हामी सबैले आफ्नो नकारात्मक दृष्टिकोण परिवर्तन गरेर सकारात्मक बनाऔं ।

     
     
     
     

    बिहिवार, चैत्र १२ २०७७०६:४७:५३
    सम्बन्धित समाचार