कसैको लागि उजाड मरुभूमि हो जिवन
कसैको लागि हराभरा बसुन्धारा हो जीवन
कसैको लागि दु:ख र आँसुको तरेली हो जीवन
कसैको लागि खुशी र अविरलता हो जीवन !!
वैभवताले चुलिएकाहरुका लागि अनुपम स्वर्ग भएको छ जीवन
पलपल मरिरहेकाहरुको लागि रौरव नर्क तुल्य भएको छ जीवन !!
गाँस, बास, कपासले पिल्सिएकाहरुका लागि उचाली नसक्नु भारी हो जीवन
दूध चुसेर भात ओकल्नेहरुका लागि कहिल्यै नरित्तिने भण्डार हो जिवन !!
आलिसान महलमा राज गर्नेहरूको लागि निरन्तर खित्का छोडाइ हो जीवन
झुपडीमा बसिरहेका हरुको लागि पलपलको असह्य दुखाइ हो जिवन
मात्तिएर बाचिरहेका हरुका लागि प्रलयकारी महाभुकम्प हो जीवन !!
प्रेम र मिलनमा रमिरहेका हरुका लागि असिमित आनन्द र रमाइलो हो जीवन
वियोग ब्यथाहरुले छ्ट्पटिएका हरुका लागि पिडै पीडाको विशाल भकारी हो जीवन
नियतिले कोल्टे फेरेका हरुका लागि अभावै अभावको हिमचुली हो जीवन
पुर्पुरो बलियो हुने हरुका लागि हिरा र मोतिको सगरमाथा हो जीवन !!
मदहोसिमा लठ्ठीरहेका हरुका लागि चरम सन्तुष्टिको पराकाष्ठा हो जीवन
हातमुख जोड्न समस्या भएकाहरुको लागि भोक र असन्तुष्टिको अविजालो हो जीवन
वासनाको सन्सारमा रम्नेहरुका लागि भोग्नु र भोगाई मात्र हो जीवन
भस्माशुर र नरपिशाच हरुका लागि काचको खेलौना जस्तै हो जीवन !!
इमान्दारिताले बाचेका हरुका लागि सच्चरित्रता र नैतिकवान हो जिवन
बेइमानीतरिकाले बाचेका हरुका लागि दुस्चरित्रता र अनैतिकता हो जीवन
स्वाभिमानी पुर्वक बाचेका हरुका लागि पौरख र अनवरत संघर्श हो जीवन
लुच्चा र स्वार्थि हरुका लागि फट्याइँ र धुर्त्याइ मात्रै हो जीवन !!
देशलाई माया गर्नेहरूको लागि त्याग तपस्या र बलिदान हो जीवन
देशलाई माया नगर्नेहरुका लागि छलकपट र झुटको खेती हो जीवन साधु
महात्मा र महापुरुष हरुका लागि काम ,
क्रोध ,लोभ , मोह विहिन हो जिवन
यसरी अनगिन्ती परिभाषा हरु बोकेको
अनमोल र अपरम्पार हो जीवन !!