बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

आधा भाले र आधा पोथीको स्वरूप भएको चरा

आधा भाले र आधा पोथीको स्वरूप भएको चरा

मेगा खबर संवाददाता

१५, फाल्गुण २०७७
  • 2.7K
    SHARES

  • आधा भाले र आधा पोथीको स्वरूप भएको चरा

    अमेरिकामा आधा भाले र आधा पोथीको स्वरूप  भएको चरा  भेटिएको  छ  ।  

    चराविद्  जेमी  हिलले  आधा  भाले  र  आधा  पोथी  अंश  रहेको  चराको  फोटो  सार्वजनिक  गरेका हुन् ।  उनले फेला पारेको त्यस चराको  फोटोले  यतिबेला  विश्वभरका  संरक्षणकर्मीको  ध्यान तानेको छ । 

    उनले  विगत  ४८  वर्षदेखि  चराको  अध्ययन  गरिरहेका छ । पछिल्लो समय  काठ  फोरुवा  लहाँचे  चराको खोजीमा रहेका उनीले  दुई  लिङ्गी  भएको  चरासँगको  साक्षात्कार  हुँदा  लहाँचे  भेटिए  जत्तिकै  खुसी  व्यक्त गरेका छन् । 

    एउटै  शरीरमा  भाले  र पोथीको रङसहित अण्डाशय र डिम्बाशय दुवै अङ्गसमेत भएको चरा  विश्वमै  दुर्लभ मानिन्छ  ।  आफूले  लाखौँ चराको अध्ययन  गरे  पनि अहिले भेटिएको त्यो चरा निकै दुर्लभ भएको उनले  बताएका छन् ।  

    चरा  भेटिएपछिको  आफ्नो अनुभूति फेसबुकमार्फत सार्वजनिक गर्दै उनले दुवै लिङ्गी भएको नर्थन कार्डिनल चराको बारेमा बताएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन् । 

    शनिवार, फाल्गुण १५ २०७७०७:१८:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार