बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

निर्मल मा.बि. को क्वारेन्टाइनमा स्वास्थकर्मी को सहयोग

निर्मल मा.बि. को क्वारेन्टाइनमा स्वास्थकर्मी को सहयोग

  • 3.4K
    SHARES

  • निर्मल मा.बि. को क्वारेन्टाइनमा स्वास्थकर्मी  को सहयोग
    अमृत अधिकारि• दमौली
     
          दमौली व्यास न पा वार्ड न १ स्थित निर्मल मा बि मा स्वास्थ संकय मा अध्यनरत बिध्यर्थी तथा व्यास न पा वार्ड न ५ अन्तर्गत पतेनी आधारभूत स्वास्थ केन्द्र का प्रमुख श्री शैलेस हड्खले , ऋषिङ गाउँ पा वार्ड न २ अन्तर्गत ग्वास्लुङ्ग सामुदायिक स्वा इकाई का प्रमुख श्री मदन थापा , शुक्लागण्डकी न पा वार्ड न २ अन्तर्गत थान थोक सहरी स्व्ाास्थ्य सेवा केन्द्र कि प्रमुख श्री ममता थापा मगर द्वारा आफू अध्यन गरेको कलेज को क्वारेन्टाइन मा २० काटुन पानी १५० पिस मास्क र १ बोट्ल स्यानिटाइजर संयुक्त रुपमा सहयोग गरेका छन ।
       
           आफू स्व्ाास्थ्य क्षेत्र मा कार्यरत रहेको र देश मा संकट परेको बेला सहयोग गरि कोरोना रोकथाम मा सहयोग पुर्याउन सरकार लाई मात्र गाली गर्नु भन्दा सक्ने ले धेरै थोरै सहयोग गरि सरकार लाई मद्दत गर्न उद्देश्य ले सहयोग गर्न आग्रह गर्दै आफूपनि सहयोगमा आगाडी सरेको पतेनी आधारभूत स्वास्थ केन्द्र का प्रमुख श्री शैलेस हडखले बताउनु भयो भने आफू अध्यन गर्न मा. बि मा रहेरहेको क्वारेन्टाइन मा सहयोग गरि निकै खुशी महसुस गरेको र बिषेश गरि स्वास्थ सामाजिक क्षेत्रमा युवा को भुमिका बढाउन का लागि आफू अग्रसर रहेको ऋषिङ गाउँ पा वार्ड न २ अन्तर्गत ग्वास्लुङ सामुदायिक स्वा इकाई का प्रमुख श्री मदन थापा ले बताउनु भयो र बिश्वभर फैलिएको COVID-19 कोरोना को संक्रमण नेपाल मा पनि व्यापक रुप मा फैलिरहेको हुदा सम्पुर्ण जनमानसमा सकारात्मक सोच राखी बन्दाबन्दी को पालना गरि अत्यावश्यक काम बाहेक अरु काम मा बाहिर हिंड्डुल नगर्न र घरमा सुरक्षित रहन शुक्लागण्डकी न पा वार्ड न २ अन्तर्गत थान थोक सहरी स्व्ाास्थ्य सेवा केन्द्र कि प्रमुख श्री ममता थापा मगर ले अनुरोध गर्नु भयो।
         
        तिनै जना स्वास्थ्य क्षेत्रमा काम गरेको लगभग ५ बर्ष पुगेको र सामाजिक स्वास्थ क्षेत्रमा सेवा दिदै सामाजिक कार्य मा अगाडि बढेका उनिहरु ले विशेष गरि कोरोन को माहामारी को बेला स्व्ाास्थ्यकर्मी ले नै एउटा उदाहरणिय काम गरेका छन ।

    शुक्रवार, जेठ ३० २०७७१०:५५:५२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार