एजेन्सी, नकारात्मक विचारका कारण प्राय सबै व्यक्तिले नराम्रो सपना देख्ने गर्छन् ।
तर निदाएको समयमा देखिने सपनाले मिश्रित फल दिने विश्वास गरिने गारिन्छ । राम्रो सपनाले खुशी दिलाउँछ भने नराम्रो सपना देखेमा हामी जो कोहिलाई पनि मनमा भनेअवश्य डर पैदा गराउँछ ।
नराम्रो सपना देखेमा विभिन्न नकारात्मक आशंकाहरु पनि मनमा आइरहन्छ । बिहान देखिएको सपना पूरा हुने ज्योतिषशास्त्रमा उल्लेख गरिएको छ ।
नराम्रो सपना देखेमा सूर्यको स्तुति गर्नुपर्ने ज्योतिषशास्त्रमा उल्लेख रहेको छ । यस्तो स्तुतिले नराम्रो सपनाको प्रभावबाट बच्न सकिने बताइन्छ । बिहान उठेर सूर्यको स्तुति पाठ गर्ने गर्नुपर्छ । सूर्यले अन्धकार नष्ट गराउँछ । यो स्तुतिले नराम्रो सपनाले पुर्याउने क्षति पनि कम गर्ने ज्योतिषशास्त्रमा उल्लेख गरिएको छ ।
स्तुति:
आदित्यः प्रथमं नाम, द्वितीयं तु दिवाकरः
तृतीयं भास्करं प्रोक्तं, चतुर्थं च प्रभाकरः
पंचमं च सहस्त्रांशु, षष्ठं चैव त्रिलोचनः
सप्तमं हरदिश्वश्च, अष्टमं च विभावसुः
नवमं दिनकृत प्रोक्तं, दशमं द्वादशात्मकः
एकादशं त्रयीमूर्त्तिर्द्वादशं सूर्य एव च
द्वादशैतानि नामानि प्रातःकाले पठेन्नरः
दुःस्वप्ननाशनं सद्यः सर्वसिद्धि प्रजायते
यसरि स्तुति गर्नाले कुनै दोष लाग्ने छैन ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।