बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कोरोना भाइरस र मौसमको अन्तरसम्बन्ध हुन्छ भन्ने पर्याप्त आधारहरू छैनन्ः डब्लुएचओ

कोरोना भाइरस र मौसमको अन्तरसम्बन्ध हुन्छ भन्ने पर्याप्त आधारहरू छैनन्ः डब्लुएचओ

  • 2.7K
    SHARES

  • कोरोना भाइरस र मौसमको अन्तरसम्बन्ध हुन्छ भन्ने पर्याप्त आधारहरू छैनन्ः डब्लुएचओ

     स्वास्थ्य संगठन(डब्लुएचओ)ले कोरोना भाइरस संक्रमण मौसमसँग सम्बन्धित हुन्छ भन्ने बारेमा पर्याप्त आधारहरू नभएको स्पष्ट पारेको छ।

    'हामी मौसम परिवर्तन वा तापमान बढ्नु यस भाइरसको जवाफ हो भन्ने आशामा अहिले नै भन्न सक्दैनौं', डब्लुएचओका आपतकालिन कार्यक्रमका प्रमुख डा. माइक रायनले भने।

    'अहिले हामीसँग मौसम परिवर्तन भएपछि यो भाइरस खतरनाक हुनेछ वा तीब्र गतिमा फैलिनेछ वा यस्तो केही हुँदैन भन्ने कुनै तथ्यांक छैन', उनले थपे।

     

    कोरोनाको महामारी सुरू हुँदा केही मानिसहरूमा गर्मी सुरू भएसँगै कोरोनाको प्रकोप कम हुन्छ भन्ने बुझाइ थियो तर भाइरसको प्रकृति हेर्दा यो भनाइमा बल पुग्दैन।

    यसैगरी रायनले विश्वमा अझै पनि पिपिई किट्सको कमी भइरहेको बताए।

    'केही देशमा स्वास्थ्य सुविधाको स्थिति एकदम खराब छ र त्यहाँको अवस्था चिन्ताजनक छ', रायनले भने।

    बिहिवार, जेठ २९ २०७७११:५०:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार