सन्सारमा सबभन्दा बढी परिभाषा गरेर पनि परिभाषित हुन नसकेको कुरा " प्रेम " हो । यो दुनियाँमा सबैभन्दा बढी चर्चा कुनै कुराको विषयमा भएको छ भने पनि प्रेम नै हो ।
प्रेमको विषयमा जति लेख , निबन्ध , गित ,र कविता कुनै पनि बिषयमा लेखिएका छैनन । अधिकाश कथा उपन्यास र चलचित्रको मुख्य विषय प्रेम नै हुने गरेको छ । यति धेरै लेखन चिन्तन मन्थन हुँदाहुँदै पनि कसैले पनि प्रेम भनेको यो हो र यसकारण हुन्छ भनेर अरुलाई चित्त बुझाउनु बाहेक दार्शनिक चिन्तक र वैज्ञानिकहरुले प्रेम किन हुन्छ भन्ने विषयमा विभिन्न तर्क अघि सारे तापनी सर्वमान्य छैनन । भनिन्छ , सबै कुरा छोडेर जे बाकी रहन्छ त्यो नै प्रेम हो । यसको अर्थ जसको अन्त्य छैन त्यो नै प्रेम हो । प्रेम सन्सारका लागि सबै कुरा हो ।
दृष्टिविहिनका लागि प्रेम आँखा हो , खुट्टा नहुनेको लागि खुट्टा हो प्रेम , दुखीका लागि बाच्ने आधार हो प्रेम , प्रेम जीवन मात्र होइन जीवन दर्शन हो , आत्मा हो , तपस्या हो , हृदयको कोमल अनुभुती हो , प्रेम आत्माबाट आउने भावना हो सन्सारको कुनै पनि विषयभन्दा प्रेम माथी हुन्छ ।
जब मानिससँग केही हुन्न तर उ संग प्रेम छ भने उ सन्सारको सबैभन्दा धनी हो त्यसैले त प्रेम सबैथोक हो जीवन एउटा फुल हो भने प्रेम त्यसको सुगन्ध हो । प्रेम विनाको जीवन सुगन्धरहित फुल जस्तो मात्र हुन्छ जसलाई कसैले पनि स्विकार गर्दैन । न त कसैले त्यस्तो जिवनको प्रसंशा नै गर्छ । फुलले प्रशसाका लागि सुगन्ध दिने होइन तर पनि सुगन्ध दिइरहन्छ । विना सर्त सुवास छर्छ । प्रेम पनि त्यस्तै विना सर्त हुनुपर्छ , कसैले मागोस वा नमागोस , चाहोस या नचाहोस , प्रेमको प्रवाह निरन्तर हुनुपर्छ । मानव जिवनबाट जुन दिन प्रेमको अन्त्य हुन्छ त्यस दिनबाट मानव अस्तित्व नै समाप्त हुन्छ । मानवमा प्रेमको अन्त्य भएको दिन मानव हुनुको गुण सकिन्छ , त्यसैले प्रेम मानवताको मुल पहिचान हो ।
आजकल फिल्मी प्रेमको विगविगी छ , आफुले मन पराएको मानिसलाई प्राप्त गर्नु नै प्रेम हो भन्ने भ्रममा आजको मान्छे फसेको छ , तिमी अरुलाई प्रेम गर्छौ भने पहिला आफुलाई प्रेम गर यो नै प्रेम को सुरुवात हो , अरुलाइ प्राप्त गर्न प्रेमको पछि नदौड , अरुले आफुलाई प्रेम गरेन भनेर पीडित हुनु मित्थ्या प्रेम हो । प्रेमको बदला प्रेम खोज्नु पनि मिथ्या प्रेम हो , प्रेम माग्नु तर प्रेम नदिनु पनि मिथ्या प्रेम हो , प्रेम त लिने कुरा होइन दिने कुरा हो , प्रेमको बदला प्रेम माग्नु भनेको व्यापार हो । प्रेम व्यापार होइन प्रेममा दुबै माग्ने माग्ने होइन दुबैजना दिने दिने हुनुपर्छ ।
नारी पुरुषबिचको सम्बन्धमा प्रेम खोज्नेहरुले आफुलाई अरु कुनै ब्यक्तिभित्र पाउनु नै प्रेम हो भन्छन,आफू प्रेमिको मनमा बस्न पाइयोस् भन्ने चाहना गर्छन , आत्माको मिलन हो प्रेम भन्छन प्रेमिहरु तर मिलन मात्र प्रेम हो भन्ने प्रेम प्रतिको भ्रम हो । प्रेममा मिलन एउटा पाटो हो पुर्णता होइन । एउटा बर्ग प्रेमलाई विशुद्ध भौतिक सन्सारको अनुभूति बुझ्दछ , खासगरी युवावर्ग प्रेम भन्नासाथ दुई लिङ्गीय प्रेममा पुग्छन र प्रेमलाई कवितात्मक बर्णन गर्छन , केही युवाको प्रेम प्रतिको बुझाई छ प्रेम जीवन जिउने आधार हो र मुटु रेट्ने तरबार पनि ।
केहिको विचारमा प्रेम पीडा हो भने केहिको विचारमा प्रेम सिसाको गिलासमा हालेको पानीजस्तै हो कतिबेला खसेर फुट्छ थाहै हुँदैन । आजभोली युवा पुस्ताले प्रेमलाई फेसनको रुपमा लिएको पनि देखिन्छ । बजारमा पाउने लुगासरह आज किन्यो भोलि फ्याक्यो यसले प्रेमको महत्वलाई नजरान्दाज गरेको छ । वास्तवमा प्रेम महासागर हो पौडिन जाने शितल दिन्छ पौडन नजाने डुबिन्छ । यस्तो प्रेमलाई फेशनेवल बनाउनु हुँदैन । मिलनको पलमा प्रेमको महत्त्व हुँदैन तर विछोडको समयमा प्रेमले तड्पाउछ , त्यसैले प्रेम दुई ब्यक्तिको भावनात्मक सम्बन्ध हो भन्छन दुई बिचको सम्बन्धलाई प्रेम ठान्नेहरु । दुई मन मुटुलाई एक बनाई भावनाका कुरालाई साटासाट गर्ने माध्यम हो प्रेम , दुई मुटुको मिलन पनि हो प्रेम , प्रेम सृष्टि चल्ने आधार पनि हो । त्यसैले त प्रेममा सन्सार अडिएको छ ।
सन्सारमा आफ्नो खुशीमा भन्दा अरुको खुशीमा खुशी रहन सक्नु नै प्रेम हो , प्रेम भनेको त्याग र बलिदान हो , प्रेम गहिरो सम्बन्ध हो जो हरेक सम्बन्धभन्दा माथी हुन्छ र जसमा स्वार्थ हुँदैन , हुन्छ त केवल त्याग यी शब्दहरु कति मिठा छन तर यसभित्र लुकेको भ्रमको प्रतिशत ननिकाली वास्तविक प्रेमलाई बुझ्न सकिँदैन । प्रेम र घृणा अँध्यारो र उज्यालो हुन यी कहिल्यै संगै रहन सक्दैनन र एकाअर्कासंग निरपेक्ष पनि हुँदैनन , घृणा छ र नै प्रेमको महत्त्व बढेको छ ,घृणाको स्वरुप र परिणतिले नै मानिसलाई प्रेमतर्फ उन्मुख गराउछ । सर्त सहितको प्रेम नै घृणाको पहिलो खुड्किला हो , घृणा प्रेमको वरिपरि घुमिरहेको हुन्छ , प्रेममा प्रवेश गर्ने छिद्र पाउनासाथ प्रेममाथी घृणाले आक्रमक गर्छ । विकृत प्रेम चरमतिर गएपछि प्रेम घृणामा बदलिन्छ । जबसम्म प्रेममा घृणाले प्रविश पाउदैन तबसम्म प्रेम अमृत समान मिठो र रसिलो हुन्छ,जब प्रेममा घृणाले प्रवेश पाउछ तब प्रेम कालकुट विष भन्दा धातक हुन्छ ।
प्रेमको नाममा बलिदानी किन हुन्छ ? आफ्नो लागि भन्दा पनि आफ्ना प्रेमि र प्रेमिकाका लागि मानिस बाचेको धेरै दृष्टान्त हुनप्रेमका लागि जीवन अर्पण गरेका कैयु घटना हाम्रा समाज परिवारमा घटिरहेकै छन । सुन्दा मुटु चसक्क हुन्छ आँखा अलिकति रसाउछ । आफुले रोजेको केटा वा केटिसग विवाह गर्न नपाउदा आत्महत्या गरेको घटनाहरु बेलाबेलामा सुन्नामा आइरहन्छन । घरपरिवारले अस्विकार गरेको खन्डमा घरपरिवार नै त्यागेको यत्रतत्र देखिन्छ ।
सिनेमा र उपन्यासका कथाहरुमा त प्राय यस्ता कुरा प्रशस्तै देख्न पाइन्छ । धेरैजसो वियोगका कथाहरु नै चर्चामा रहन्छन र यसले साहित्य पनि निकै जन्माएको छ। हिन्दु धर्मका कथाहरुमा कृष्णले राधाको प्रेममा परेर १६ हजार १ सय ७ जनालाई बिहे गरे ,भगवान शिव आफ्नी पत्नी सतिदेविको मृत शरिर बोकेर तिनवटै लोक बौलाएर हिडे,सेन्ट भ्यालेनटाइनले पनि प्रेमकै निम्ति आफुलाई प्रेमकै निम्ति आफुलाई बलिदानी गरेका कारण फेब्रुअरी १४ का दिन सन्सारभर भ्यालेनटाइन दिवस अर्थात प्रणय दिवसका रुपमा युवायुवतीले उनलाई सम्झने गरेका छन । यस्ता घटना कुनै धर्म ग्रन्थ र कथा कहानीमा मात्र होइन वास्तविकतामा पनि छन त्यसैले भनिन्छ नि प्रेममा हरेक कुरा जायज हुन्छ । जति प्रेमको परिभाषा बुझ्दै गयो त्यति प्रेमको गहिराईले हामिलाई डुबाउदै जान्छ, प्रेम " सत्य " हो ।
मानिसरुपी जिवनको मीठो भोगाई हो , साहित्यमा भरिने रस हो , आमाले छोरालाई गर्ने प्रेम , बाबुछोरिको प्रेम , दाजुभाई दिदिबहिनीको प्रेम , साथिभाई संगको प्रेम , मानिस र जनावरको प्रेम । जति पनि प्रेमलाई हामिले नियाल्ने कोशीस गरेमा हरेक कुरामा माया तथा आत्मीयता भेट्छौ , प्रेम एक महान सत्य हो ,एक अदभुत अनुभव हो ,एक अर्काप्रती भरोसा र आदरभाव कायमै रह्यो भने मात्र प्रेमको सम्बन्ध कायम रहन्छ , प्रेम त्यस्तो चिज हो जहाँ एक अर्काप्रती समर्पित होइन्छ यो नै प्रेमको वास्तविक र आदर्श रुप हो !!