सिन्धुपाल्चोक, सिन्धुपाल्चोक जिल्लामा रहेको बाह्रबिसे नगरपालिका वडा -४ सुनकोशिमा भएको श्री शारदा उच्च माध्यामिक बिध्यालयमा विगत वर्ष अगाडि अध्यनरत अत्यन्तै मिहनेती विद्यार्थीहरुले श्री शारदा पुर्व विद्यार्थी समाज एसएलसी २०६१ समुहले हाजिरि जवाफ प्रतियोगीता फागुन २ गते आइतवार गर्ने भएका छन् ।
श्री शारदा उच्च मावि बाह्रविसेमा नगरपालिका स्तरिय अन्तर्गत मावि स्तरिय तहका हाजिरि जवाफ प्रतियोगीता फागुनको २ गते गर्न लागेको समुहका अध्यक्ष सन्तोष बोहराले जानकारी दिए ।
यसै कार्यक्रमको आयोजकमा रहने समुहलाई अध्यापन गराउने सम्पुर्ण शिक्षक शिक्षिकाहरुको समेत सम्मान गर्ने जनाइएको छ ।तेसैगरि हाजिरि जबाफमा भाग लिने प्रथम,दोश्रो, तेश्रो र चौथो हुने विद्यालयहरुलाई कप,मेडल तथा प्रमाण पत्र प्रदान गरिने भन्ने समुहका एक सदस्य उमेश श्रेष्ठले बताए । साथै सहभागीमा रहेका टाढा टाढाबाट आउने विध्यार्थिलाई यातायात खर्च र खाजा समेत खुवाईने र सहभागीताको प्रमाणपत्र प्रदान समेत दिईने ब्यबस्था रहेको सदस्य राजन श्रेष्ठले बताए ।
पछिल्लो समयमा अत्यन्त सक्रियको रुपमा रहेको यो समुहले विगत देखि नै रचनात्मक कार्य गदै आएको र आगामी दिनमा पनि यस्तै कार्य गदै जाने आयोजक समुहले बताइएका छन् ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।