काठमाडौं, साहित्यकार पुष्पा धमलाको गजल संग्रह ‘पुष्पहार’ विमोचन भएको छ ।
राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार एक कार्यक्रममा बीच पुस्तक विमोचन गरिएको हो । हातेमालो साहित्य संगलद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतिको प्रमुख आतिथ्यतामा पुस्तक विमोचन भएको हो ।
साहित्य क्षेत्रमा निकै रुचि राख्ने धमला ओखलढुंगा स्थायी घर भई हाल काठमाडौं बस्दै आएकी छिन् । उनले यसअघि पनि विभिन्न साहित्यिक कृतिहरु विभिन्न माध्यमबाट बजारमा ल्याउने गरेकी छिन् ।
विमोचन कार्यक्रममा धमलाले आफ्नो यो पुस्तकमा समावेश भएका गजलहरु सबैले मन पराइदिने आशा राखेको बताएकी छिन् । कार्यक्रममा उप्रेतीसहित अन्य विभिन्न साहित्यकारहरुको उपस्थित रहेको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।