काठमाडौं । नेपालमा हालसम्म कोरोनाको कारण १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले शनिवार नियमित पत्रकार सम्मेलनमा थप २ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा डोल्पा जगदुल्ला गाँउपालिका ३ का ५८ वर्षीय पुरुष र धनगढी ४ की ५५ वर्षीया महिला रहेकी छिन् । डोल्पाका ५८ वर्षीय पुरुषको गत जेठ २१ गते मृत्यु भएको थियो ।
मृत्यु पश्चात उनको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परीक्षणका लागि पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोना भाइरसको संक्रमणबाट धनगढीकी ४ की एक महिलाको मृत्यु भएको छ । डायलाईसिसको उपचार गराईरहेकी उनको जेठ १३ गते मृत्यु भएको हो । सेती प्रयोगशालामा गरिएको स्वाब परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।