बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सिन्धुपाल्चोकमा कार्यरत सम्पुर्ण स्वास्थकर्मीहरुको कोरोना विमा

सिन्धुपाल्चोकमा कार्यरत सम्पुर्ण स्वास्थकर्मीहरुको कोरोना विमा

  • 3.1K
    SHARES

  • सिन्धुपाल्चोकमा कार्यरत सम्पुर्ण स्वास्थकर्मीहरुको  कोरोना विमा

           नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकमा कार्यरत सम्पुर्ण स्वास्थकर्मीहरुको कोरोना विमा गरिदिएका छन् ।

         सिन्धुपाल्चोक जिल्लामा कार्यरत सम्पुर्ण स्वास्थ्यकर्मीहरुको लागि घोषणा गरिएको म्यादी स्वास्थ्य बिमाको फाइल र स्वास्थ्य सामाग्री जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईंलाई पुर्वमन्त्री बस्नेतले बिहीबार सिन्धुपाल्चोक सदरमुकाम चौतारामा हस्तान्तरण गरेकाछन् । जिल्ला जनस्वास्थ्य कार्यालय चौतारा लगायत जिल्लाका १२ वटै स्थानीय तहका स्वास्थ क्षेत्रमा कार्यरत  ६१३ जनाको कोरोना बिमा गरिदिएको कांग्रेस युवा नेता युधिर पौडेलले जानकारी दिए ।

        बिश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरसको रोकथाम नियन्त्रणका लागि  कार्यरत स्वास्थ्यकर्मीहरुलाई आफ्नो जिम्मेवारीमा लागिरहने हौसलाका लागि यो निर्णय लिएको नेता बस्नेतले बताए । पुर्वमन्त्री बस्नेत कोरोनाको प्रकोप जिल्लामा फैलिएसँगै आवस्यक स्वास्थ सामाग्री लिएर पटकपटक जिल्ला पुगेका थिए ।

       उक्त बिमाको बिमालेख जिल्ला जनस्वास्थ्य कार्यालयको नाममा हुने र बिमाको अवधी एक बर्षको हुने बिमा कम्पनीले जनाएको छ । प्रतिब्यक्ती एक लाख रकम बराबरको उक्त विमा रकमको भुक्तानी विमित स्वास्थकर्मीको पिसिआर  रिपोर्ट पोजेटिभ देखिएको खण्डमा तत्काल उपलब्ध गराइने छ । 

     

     

    बिहिवार, जेठ २२ २०७७०१:०७:२१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार