बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सिन्धुपाल्चोकमा कोरोना पोजेटिभ थप

सिन्धुपाल्चोकमा कोरोना पोजेटिभ थप

  • 5.0K
    SHARES

  • सिन्धुपाल्चोकमा  कोरोना पोजेटिभ थप
    सिन्धुपाल्चोकमा दोस्रो व्यक्तिमा पनि कोरोना पोजेटिभ देखिएको छ । छिमेकी राष्ट्र भारतबाट सिन्धुपाल्चोक फर्किएका एक जनामा कोरोनाको पिसिआर रिपोर्टको नतिजा पोजेटिभ देखिएको छ ।
       
     
    भारतबाट जेठ १३ गते सिन्धुपाल्चोक आइपुगेका इन्द्रावती गाउँपालिका वडा नम्बर -१० का ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको हो। मेलम्ची स्थित क्षेत्रीय क्वारेन्टाइनमा बसेका पाँच जनाको स्वाव संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियोे । ती मध्ये एकजनाको पिसिआर नतिजा पोजेटिभ आएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउनुभयो ।
       
    नेपालमानै कोरोनाबाट मृत्यु हुने पहिलो व्यक्ति पनि सिन्धुपाल्चोक जिल्लाको नै रहेको थियो । दोस्रो व्यक्तिमा पनि कोरोना देखेपछि सम्पुर्ण सिन्धुवासीहरु चिन्तित भएका छन् ।

    बुधवार, जेठ २१ २०७७११:२६:१८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार