काठमाडौं । डा. गोविन्द केसी सोमबारदेखि सत्याग्रहमा बस्नुहुने भएको छ । सीमाञ्चलका नागरिकहरुको समृद्धि, नेपालको सार्वभौमसत्ताको रक्षा, गुणस्तरीय शिक्षा तथा स्वास्थ्यमा सबैको पहुँच पुर्याउनुपर्ने माग राख्दै केसीले सत्याग्रह शुरु गर्न लाग्नुभएको बताइएको छ ।
डा. केसी शुरु गर्ने यो पटकको सत्याग्रह दार्चुला सदरमुकाम खलंगामा हुनेछ भने यो उनको १८औं सत्याग्रह हो। सत्याग्रहमा बस्न लाग्नुभएका केसीले यो पटक दार्चुला लगायत सीमा क्षेत्रका बासिन्दाका लागि यातायातको सहज पहुँच निर्माण गर्नुका साथै गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गर्नुपर्ने, भारतबाट मिचिएको नेपाली भूमी फिर्ता प्रक्रिया थालनी गर्नुपर्ने र गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिबास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाउनुपर्ने जस्ता माग अघि सार्नुभएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।