काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सँग सम्बन्धित समाचार संकलनमा खटिने सञ्चारकर्मीलाई सहयोग पुर्याउने उद्देश्यले नेपाल प्रेस युनियन जिल्ला शाखा सिन्धुपाल्चोकले आफ्ना सवै सदस्यको कोरोना भाइरस (कोभिड–१९) बीमा गरेको छ ।
कोरोना भाइरस संक्रमणको जाखिमको अवस्थामा यससंग सम्बन्धित समाचार संकलनमा खटिने सञ्चारकर्मीलाई सहयोग पुर्याउने उद्देश्यले प्रति व्यक्ति १ लाख बराबरको बीमा गरिएको जिल्ला शाखाका अध्यक्ष दुर्गा आचार्यले जानकारी दिनुभयो । कोरोना परीक्षणमा पिसीआर नतिजा पोजिटिभ देखिएमा त्यस्ता सदस्यले शाखा मार्फत तत्कालै १ लाख पाउनेछन् । यस्तो रकम पाउन बीमा गरिएको १५ दिनपछि पोजिटिभ देखिनुपर्नेछ ।
संगठनले ठूलो सहयोग गर्न नसके पनि काममा हौसला प्रदान गर्न सानो प्रयासको थालनी गरेको उनले बताइन् । शाखाले आर्थिकभार आफैंले व्यहोरेर आजैबाट लागू हुनेगरी ५५ जनाको बीमा गरेको जनाएको छ ।
काठमाडौंलाई कर्मथलो बनाएर क्रियाशील केही सदस्यहरुले आ–आफ्नो सञ्चार माध्यम मार्फत बिमा गरेको जानकारी पनि आचार्यले दिइन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।