बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

एकपटक पुग्नै पर्ने ठाउँ गोल्मा भिमसेन मन्दिर ; परिचय ,विशेषता , महत्त्व

एकपटक पुग्नै पर्ने ठाउँ गोल्मा भिमसेन मन्दिर ; परिचय ,विशेषता , महत्त्व

स्वस्तिका नेपाल

२६, पौष २०७७
  • 3.8K
    SHARES

  • एकपटक  पुग्नै पर्ने ठाउँ गोल्मा भिमसेन मन्दिर ; परिचय ,विशेषता , महत्त्व
     सिन्धुपाल्चोक जिल्ला बाहबिसे न.पा -८ स्थित मानेस्वारामा गोल्मास्थान भन्ने ठाउँमा एक मन्दिर रहेको छ  गोल्मा भिमेस्वर मन्दिर जहाँ भक्तजन्हरु पुजा गर्नको लागि आउने गरेका छन ।
    यस मन्दिरको स्थापना १८१५ मा भएको हो, त्यस स्थानमा पुजा आजा नचल्दा खेरी नेपालको पू्र्खा मण्डन भन्ने ठाउँबाट आएर घर बनाएर बसेपछी घरमा बस्न नसक्ने स्थिति भएपछि त्यहाँका बासिन्दा त्रसित भए त्यसपछी वायुका धामिलाई बोलाएर ल्याएपछी यो गोल्मास्थानको देवालयमा हामिलाई पुजा आजा केही पनि छैन रुखको फेदमा हामी बसेका छौं ।
     
    यहाँ वरिपरि कसैलाई पनि बस्न दिएको छैनौं भन्ने कुरा भएपछि वायुले मेरो पुजा आजा गर्नुपर्छ पुजा गर्यौ भने राम्रो हुन्छ नत्र गाह्रो हुन्छ भनेपछी पुजा आजा गर्न थालियो , पुजा आजा गर्ने क्रममा त्यहाँको स्रोत केही नभएपछि राम्चेमा तालुकेको स्टम हुँदाखेरी तालुकेकहाँ गएपछी उहाँले पनि केही सहयोग गर्दै गएपछी १९०८ देखि जङगबहादुर राणाको पालामा उहाँचाहिँ तिब्बत दुगुनागडि जाने क्रममा १९०८ देखि १६ साल सम्मको एउटा कागज गरिदिएर एउटा गुठी खेतको ब्यवस्थापन गरिदिएर यहाँको निम पुजारी दर्ता गराएर सरकारी कार्यलयमा दर्ता भएको छ , देवालयको २९ रोपनी खेत पनि रहेको छ , देवालय बसेको ठाउँमा चाहिँ २ रोपनी १३ आना जग्गा पनि छ, ढुङ्गा ओडाएर छाप्रो बनाउँदै आइरहेका थिए , २०७४ सालमा एउटा शिलान्यास गरेर पुरातत्व विभागबाट यस मन्दिर तयार भयो , २ पल्ट गरि एकपल्ट १५ लाख पछि ५६ लाखको वजेट परेर यो मन्दिर तयार भएको हो ।
     
    यो मन्दिरलाई पुरातात्त्विक लाई भनेर कम्पाउन्ट वारेर एउटा वृद्राश्रम विभाग सेवा भवन , अपाङ्गलाई तालिम केन्द्र कोठा बनाउने , निम पुजा गर्ने पुजारी अनि यी सबै संरक्षण गर्नको लागि कर्मचारी राख्ने भनेर सबै चन्दा संकलन गरेर ५७ सालदेखी खेत कमाउने मानिसहरुले धान भर्ने गर्थे त्यसैबाट त्यहाँ पुजा चल्ने गर्थ्यो अहिले त्यो धान दिएका छैनन् पुजा चलिरहेको छ तर कुन स्रोतले पुजा चलाउने भन्ने भइराखेको छ , राज्यले पनि हेरेको छैन , देवालयको कागजपत्र भने गुठिसंस्थान ,जिल्लाप्रशासनमा सबै ठाँउमा दर्ता भैसकेको छ ।
    तर स्थानीय सरकारले पनि हेरेको छैन खै सरकारले कुन माध्यमबाट हेरेर जान्छन ४ लाख रुपैयाँ परेको छ वरिपरि गाह्राे पनि लगाउन थालिसकेको छ , यस मन्दिरमा धान्य पुर्णिामाको अघिल्लो दिन बत्ति बाल्ने गरिन्छ र जेठको पुर्णिामामा पनि चतुर्थी गरेर भोज लगाएर सबैलाई बाड्ने गरिएको छ , खर्चहरु चन्दा उठाएर जुटाइरहेको छ । वडा भरिकै सम्पुर्ण धार्मिक आस्थावान ब्यक्तिहरुसंग छलफल गरेर कसरी त्यस मन्दिरलाई संरक्षण सम्बर्द्धन गर्ने भनेर स्थानियहरु लागि परिरहेका छन् ।
    No description available.
    २०७४ सालमा शिलान्यास भएको थियो त्यस पश्चात पुरातात्त्विक विभागले हेरिरहेको छ , त्यस ठाउँमा पहिला वायु देवताकाको देवता गोल्मा भिमसेन , सेतिदेवी , वासुकी नाग , मानेको थियो अहिले पान्चायन देवता मान्ने भएकाले विष्णु , गणेश , देवि , महादेव , सुर्य निम्न देवताहरुको पुजा आजा गर्ने गरिन्छ ।
     

    आइतवार, पौष २६ २०७७१०:१७:३२
    सम्बन्धित समाचार