बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

मिनिट्रकसँग स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गयो

मिनिट्रकसँग स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गयो

  • 2.6K
    SHARES

  • मिनिट्रकसँग स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गयो

    काठमाडौं । काठमाडौंको बालाजुमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार राति गोगंबुबाट बालाजुका लागि छुटेको बा २ ख ५४ ८४ नम्बरको मिनिट्रकसँग ना ६५ प २००१ नम्बरको स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको हो ।

    दुर्घटनामा बझाङका २२ वर्षीय लोकेन्द्र विष्ट र २५ वर्षीय धनबहादुर बुढाको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। घाइते भएका बुढाको ट्रमा सेन्टरमा र विष्टको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति नै ज्यान गएको हो। मिनिट्रकका चालकलाई प्रहरीले पक्राउ गरेको छ।

    शुक्रवार, जेठ १६ २०७७०४:२९:१३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार