बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

गणतन्त्र दिवसको अवसरमा भीमफेदी कारागारका ८ कैदीलाई माफी

गणतन्त्र दिवसको अवसरमा भीमफेदी कारागारका ८ कैदीलाई माफी

  • 2.8K
    SHARES

  • गणतन्त्र दिवसको अवसरमा भीमफेदी कारागारका ८ कैदीलाई माफी

    गणतन्त्र दिवसको अवसरमा मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका एक बालबन्दीसहित ८ जनालाई कैदमाफी दिइएको छ । भीमफेदी कारागार कार्यालयले सिफारिस गरेका १५ जनामध्ये ८ जनालाई कैदमाफी दिइएको हो । भीमफेदी कारागारमा अहिले ९६० जना कैदीबन्दी छन्।

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज कैदमाफीको निर्णय गरेकी हुन्। विभिन्न मुद्दामा दोषी ठहर भई बन्दी जीवनमा असल आचरण प्रस्तुत गरेका, ५० प्रतिशतभन्दा बढी कैद भुक्तान गरिसकेका व्यक्तिको कैदमाफीका लागि सरकारले सिफारिस गरेको हो ।

    कैद माफी पाउनेमा हेटौंडा–१७ का रुपेश नेपाल, सर्लाहीका अब्बु मोहम्मद अन्सारी, नवलपुरका मानबहादुर महतो, बर्दियाका केशवबहादुर भुजेल, गुल्मीका नरबहादुर सार्की, काभ्रेका रोमन लामा र महोत्तरीका टंकबहादुर खड्का रहेको भीमफेदी कारागारका प्रमुख प्रकाश खनालले जानकारी दिए ।

    बिहिवार, जेठ १५ २०७७०९:०९:१६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार