बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

केचाहिँ गदर्छस् ?

केचाहिँ गदर्छस् ?

  • 2.2K
    SHARES

  • केचाहिँ गदर्छस् ?
    चन्द्रप्रसाद न्याैपाने,
     
    सीममा गिल्गिलाे हुन्छ भासिन्छ हुन्न पत्थर जाऊ
    गेग्रनमा झन्झन् बन्दछन् पाउ चर्चर
     
    तिम्राे आफ्नै यहाँ के छ अर्काकै सृष्टि सिर्जना
    सिकेनाै कि कतै काेही मैमा गर्छ नियन्त्रण
     
    कर्मकाे फाँट हाे इच्छा हुन्छ पूर्ण गरे तर
    हाेस् ए ! सक्दिन ऊ भन्छ हुन्छ के जिन्दगीभर
     
    जिब्रो टाेकेर जे बाेलूँ सक्छ रे ! राग मेटिन
    मसी पाेखेर के लेखूँ सक्छ के भाव भेटिन
     
    जे छ छाेडेर के खाेजूँ केचाहिँ भेट्न सक्छु म
    जगेर्ना फलकाे हुन्न कर्मविहीन बन्छु म
     
    लाेककाे हितमा मैले सके गर्न सके दिन
    भन्दछन् गतिलाे त्याे त नसके भार याे किन
     
    सकेँ गर्न यहाँ के खै रुन्चेपिन्चे भएर म
    गलेकाे छु बनी गन्ध सुगन्धादि हटेर म
     
    छालै छेक्ने थियाे बन्नु तटबन्ध बनेर म
    नालीमै पाे सडेँझैं छु हुतीहारा भएर म
     
    न मार्क्स नै सकेँ चिन्न गान्धी माओ कता अरू
    पृथ्वीनारायणै पाे न कस्ता कस्ता अहाे ! अरू
     
    उठ्याे लेख्याे सुत्याे लेख्याे थुक्क नामर्द मर्दछस् !
    व्यर्थका गन्गनकाे अर्थ लाग्दैनन् केचाहिँ गर्दछस् ?
     
    यिनै यस्ता गरी चिन्ता बित्दैछ जिन्दगी प्रिय !
    प्रिय हाेलान् स्वयम्निम्ति दुनियाँनिम्ति अप्रिय !

    बुधवार, पौष २२ २०७७११:१३:५०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार