बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

रौतटहमा ३५ जना थप कोरोना भाइरस संक्रमित पुष्टि

रौतटहमा ३५ जना थप कोरोना भाइरस संक्रमित पुष्टि

  • 2.1K
    SHARES

  • रौतटहमा ३५ जना थप कोरोना भाइरस संक्रमित पुष्टि

    केही दिनयता रौतटहमा निरन्तर रुपमा कोरोना भाइरस संक्रमणको संख्या ह्वात्तै बढदै गएको छ । बुधबार मात्रै जिल्लाको बिभिन्न नगरपालिकाका ३५ जना थप संक्रमित पुष्टि भएको छ । योसहित बुधबारसम्म रौतहटमा कोरोना भाइरसको संक्रमणको संख्या १ सय ५ पुगेको छ ।

    संक्रमितहरूमा भारतबाट आएर क्वारेण्टाइनमा बसेका गौर नगरपालिकाका ८, ईशनाथ नगरपालिकाका १६, गढिमाई नगरपालिकाका ७, देवाही गोनाही र कटहरिया नगरपालिकाका दुई दुई जना छन् । उनीहरूलाई जिल्लाकै आइसोलेसनमा राख्ने तयारी गरिएको छ ।

    यसअघि जिल्लामा ७० जना संक्रमित थिए । बुधबार बिहानै बाग्लुङका ६ र हेटौंडाका एकजनामा संक्रमण पुष्टि भएको थियो ।

    यता जिल्ला प्रशासन कार्यालय रौतहटले राति १२ बजेटबाट लागु हुनेगरी २ वटा नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । बढी संख्यामा कोरोना संक्रमित ईशनाथ नगरपालिका र राजपुर नगरपालिकामा निषेधाज्ञा जारी गरेको हो ।

    बुधवार, जेठ १४ २०७७०८:५८:५८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार