बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पर्सामा थप २१ जना कोरोना मुक्त भएर डिस्चार्ज

पर्सामा थप २१ जना कोरोना मुक्त भएर डिस्चार्ज

  • 3.4K
    SHARES

  • पर्सामा थप २१ जना कोरोना मुक्त भएर डिस्चार्ज

    पर्सामा थप २१ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । मंगलबार २१ जना डिस्चार्ज भएसँगै अब पर्सा जिल्लामा ९ जना सङ्क्रमित मात्र आइसोलेसनमा उपचार गराइरहेका छन् । वीरगञ्ज महानगरका प्रमुख विजय सरावगीले डिस्चार्ज भएकाहरुलाई पुष्पगुच्छा दिँदै शुभकामना व्यक्त गरेका थिए।

    हालसम्म पर्सामा ९५ जनामा कोरोना पुष्टि भएकोमा ८९ जना निको भएर घर फर्किसकेका छन् । पर्सामा पछिल्लो समय लकडाउनमा कडाइ गरिएको छ भने नयाँ संक्रमित पनि न्यून देखिएका छन् ।

    बुधवार, जेठ १४ २०७७०७:३८:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार