बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

चीनमा भेटियो कोरोनाको नयाँ भेरियन्ट

चीनमा भेटियो कोरोनाको नयाँ भेरियन्ट

  • 3.2K
    SHARES

  • चीनमा भेटियो कोरोनाको नयाँ भेरियन्ट

     एजेन्सी, चीनमा कोरोना भाइरसको नयाँ भेरियन्टको पहिलो संक्रमित फेला परेका छ ।

    कोरोना भाइरसको संक्रमणको सुरुवात एक वर्ष अघि चीनबाट नै भएको थियो, त्यसपछि यो संसारभरी फैलिएको छ । तर यो नयाँ भेरियन्टका सबैभन्दा धेरै संक्रमित बेलायतमा भेटिएका हुन् । 

    समाचारमा एजेन्सी रोयटर्सका अनुसार चीनमा यो नयाँ भेरियन्टको पहिलो संक्रमित भेटिएका छन् । चाइनीज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको एक वक्तव्यलाई उद्धृत गर्दै यस्तो दाबी गरिएको हो । 

    संसारका धेरैजसो देशले हाल बेलायत माथि यात्रा प्रतिबन्ध लगाएको छ । नयाँ भेरियन्ट पहिलाको तुलनामा ४० देखि ७० प्रतिशत सम्म तीब्र गतिमा फैलने अनुसन्धानले बताइएको छ । 

    नयाँ भेरियन्ट चिनमा एक २३ वर्षीयामा महिलामा भेटिएको छ । यी महिला बेलायतबाट चीन फर्किएकी थिइन् र चीनमा यो पहिलो मामिला हो तरपनि चीन यो विषयमा निकै सतर्क रहेको छ । चीनले बेलायतका लागि सबै उडान हालका लागि स्थगित गरिसकेको छ । 

    शुक्रवार, पौष १७ २०७७०६:३१:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार