एजेन्सी
काठमाडौं । अंग्रेजी नयाँ वर्ष मनाउने क्रममा भीडभाड गर्दा महामारी झनै फैलने भन्दै दिल्ली आपतकालिन प्राधिकरण (डीडीएमए) ले आज राती (डिसेम्बर ३१) र भोलि (जनवरी १) को रातभर कर्फ्यु गराउने घोषणा गरेको हो ।
डीडीएमएले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म दिल्लीमा कर्फ्यु लाग्ने जानकारी दिएको छ । नयाँ वर्षको पहिलो रातको ११ बजेदेखि अर्को दिन बिहान ६ बजेसम्म पनि दिल्लीमा कर्फ्यु लगाइने भएको छ । सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी मानिसहरूलाई जमघट गर्न प्रतिबन्ध लगाइएको छ । नयाँ वर्षको उमंग मनाउन भीडभाड गर्न पनि पाइनेछैन ।
उत्परिवर्तन (म्युटेसन) भएको भनिएको कोरोना भाइरसको नयाँ स्ट्रेनबाट भारतमा दुई दर्जनभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् । नयाँ स्ट्रेन यसअघिको भन्दा ८० गुणा धेरै संक्रामक रहेको महामारी विज्ञहरूले बताएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।