आज पुस १५ गते मागशुक्ल पुर्णिामाका दिन देशभर एकैसाथ धान्यपुर्णिमा , तमुल्वोसार , उधौली उभौली पर्व , योमरि पुन्ही तथा ज्यापू दिवस मनाइन्छ ।
कुल पुजा गर्ने गरेको पाइन्छ । सम्पुर्ण मानव जातिहरुले कुल पुजा अर्थात् विन्धबासिनीको पुजा गरिन्छ । गोठ पुजा र देवालि गर्दा खेरी गंगाभवानी , मंडली माष्टा , रुद्रमाष्टा इत्यादिको आराधना गर्ने गरिन्छ । यो प्रचलन परापुर्वक कालदेखी सुरु भएको हो , पहिले पहिले गाउँका वस्तुहरु माथी खर्कमा लगेर पाल्ने चलन थियो , हिउँद लागेपछी त्यो गोठ उधो ल्याउने भएको कारण उधौली पर्व भनिएको हो , गोठ तल ल्याएपछी धुप गरि पशुचौपायको कल्याण होस भनेर पुजा आराधना गर्ने प्रचलन रहेको छ ।
किराँत समुदायले उधौली पर्व मनाउदै आएका छन यस दिन खेतिपाती राम्रो भयो , काम सकियो , अब अन्नको सह बसोस , खाधान्नको अभाव नहोस् भनी भुमेस्थान र साकेला स्थानमा पुजा गरि उधौली पर्व मनाउने प्रचलन रहेको छ ।
आजका दिन नेवार समुदायले ४०० बर्ष अघि उत्तरायन माघ १ गतेदेखि योमरी पुर्णिामाका दिनमा सारेको विस्वास गरिन्छ । जाडोको समयमा चामलको पिठो बाट बनेको परिकार विशेषलाई चाकुसंगै खाने पर्वका रुपमा यो पुर्णिामा मनाइन्छ ।
विन्धवासिनी भगवती कसरी सृष्टि भइन ? वसुदेव र देवकीको गर्वमा रहेको वच्चाले मथुराका राजा कंशलाई मार्ने भन्ने थाहा पाएपछी उनिहरुको प्रत्येक बच्चालाई कंशले मारे सातौ गर्भमा रोहिणि सरेछ र आठौं गर्भ कृष्ण जन्मे कृष्णलाई वसुदेवले नन्द र यशोदाकहाँ लगेर जिम्मा लगाए र त्यहाँबाट छोरी लिएर आए , बच्चा जन्मियो भनेर कंशलाई थाहा भयो र बच्चा मार्न भनी आयो , मारौ भनेर पछार्न लाग्दा भगवती आकाशमा गइन अनि भन्न लागिन "हे पापी कंश तैले मलाई के मार्छस तँलाइ मार्ने त गोकुलमा छ्न भनिन र उनी अन्तरध्यान भइन । अनि यसरी नै उनिलाई विन्धवासिनी भगवतीको उत्पती भयो र यसैको पुजा आराधना गर्ने प्रचलन आयो ।