बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

शपथ लिने तयारीमा रहेका निर्वाचित अमेरिकी सांसदको कोरोनाबाट निधन

शपथ लिने तयारीमा रहेका निर्वाचित अमेरिकी सांसदको कोरोनाबाट निधन

  • 1.4K
    SHARES

  • शपथ लिने तयारीमा रहेका निर्वाचित अमेरिकी सांसदको कोरोनाबाट निधन

    एजेन्सी
    काठमाडौं । अमेरिकी तल्लो सदनको सदस्यमा निर्वाचित एक सांसदको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ ।

    लुइजियाना राज्यको फिफ्थ डिस्ट्रिक्टबाट हाउस अफ रिप्रिजेनटेटिभ सदस्यमा निर्वाचित भएका ४१ वर्षे लुक लेटलोको हिजो (मंगलवार) निधन भएको हो । उनी गएको डिसेम्बर ५ मा भएको रनअफ चुनावमा सांसदमा निर्वाचित भएका थिए । रिपब्लिकन पार्टीबाट निर्वाचित भएका उनी आउँदो आइतवार सांसदको शपथ लिने तयारीमा थिए ।

    उनले १८ डिसेम्बरमा आफू कोरोना भाइरसबाट संक्रमित भएको जानकारी दिएका थिए । त्यसको भोलिपल्ट उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

    बुधवार, पौष १५ २०७७१२:१५:०९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार