झापा । नेपाली भाषा र साहित्य क्षेत्रका विभिन्न विधामा योगदान पुर्याउने स्रष्टा तथा संस्थालाई लेखनाथ पुस्तकालयले सम्मान गर्ने भएको छ । पुस्तकालय समितिको आज बिहान बसेको बैठकले ‘श्रीप्रसाद ओली स्मृति साहित्य सम्मान’ हास्यव्यङ्ग्य कवितामा योगदान पुर्याएवापत कनकाई नगरपालिकाका कोमलप्रसाद पोखरेललाई रु ५१ हजार १११ सहित प्रदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै ‘श्यामकृष्ण कामाक्ष श्रेष्ठ साहित्य सम्मान’ इलामका सोमप्रसाद निरौला, ‘भक्तिकिरण साहित्य सम्मान’ दमककी सुमित्रा वाङ्देल चेली, ‘चूडामणि रेग्मी झर्रो साहित्य पुरस्कार’ काँकरभिट्टास्थित सुसेली साहित्य परिवार र ‘छन्दोबद्ध कवि सम्मान’ मेचीनगरकी शिशा थारुलाई दिइने भएको छ ।
ती पुरस्कारको राशि क्रमशः रु १५ हजार, रु छ हजार, रु २५ हजार र रु एक हजार रहेको पुस्तकालयका अध्यक्ष नवराज घिमिरेले बताए । विसं २०७७ का लागि ती पुरस्कार कविशिरोमणि लेखनाथ जन्मजयन्तीका अवसरमा प्रदान गरिने जनाइएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।